पोर्चुगलमा दैनिक ९ सय आप्रवासी अध्यागमन सेवा सेफ दर्ता, तर पछि उपस्थीत हुने बेला आधा बेपत्ता


प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार

पोर्चुगलमा दैनिक झन्डै नौ सय नयाँ आप्रवासीहरू पोर्चुगल अध्यागमन र सीमा सेवा सेफमा दर्ता हुने गरेको विवरण सार्वजनिक भएको छ ।
तर दर्ता भएलगत्तै कैयन आप्रवासीहरु सम्पर्कविहिन हुने गरेको सेफले जनाएको छ ।

सेफले उनीहरुलाई उपस्थित हुन सूचित गरेकोे बेलामा झण्डै आधा आप्रवासीहरु सम्पर्कविहिन हुनेगरेको जनाइएको छ । उनीहरुले सुरुमा पोर्चुगलमा दर्ता गरेपनि पछि युरोपियन युनियनका अन्य देशहरूमा गएको ठानिएको छ ।

आप्रवासीहरु ठूलो संख्यामा बीचमै हराएको सन्दर्भमा राष्ट्रिय निर्देशक, कर प्राधिकरण, सामाजिक सुरक्षा संस्थान र कार्य अवस्थाका लागि प्राधिकरणका लागि जिम्मेवार व्यक्तिहरू सहित मानव बेचबिखन विरुद्ध लड्न र गैरकानूनी आप्रवासनलाई सहयोग गर्ने सन्दर्भमा सेफद्वारा अनुरोध गरिएको सुनुवाईमा संसदमा सुनुवाइ भएको थियो। जस बारे निर्णय हुन बाँकी छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com