न्यूजील्याण्डबाट न्युयोर्क आउदै गरेको विमान १६ घण्टा आकाशमा उडेपछि न्यूजील्याण्डमै अवतरण


प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहीबार

न्यूजील्याण्ड अकल्याण्डबाटबाट न्युयोर्क उडेको एयर न्यूजील्याण्डको विमान १६ घण्टा आकाशमा उडेपछि न्यूजील्याण्डमै अवतरण भएको छ । स्थानीय समय अनुशार विहिबार बेलुका ८ बजे उडेको विमान न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा समस्याका कारण स्थानीय समय अनुशार शुक्रबार दिउसो १२ बजेर २५ मिनेटमा न्यूजील्याण्डमा नै अवतरण भएको छ । विमानले १६ घण्टा २५ मिनेट आकाशमा बिताएको छ ।

न्युजील्याण्डबाट न्युयोर्कको जोन अफ केनेडी विमास्थलमा आउन कुल उडान अवधि १५ घण्टा ५५ मिनेट रहेकोमा विमान बीचबाटै फर्केको थियो । अब उक्त विमान शनिबार बेलुका पौने ८ बजे न्यूजील्याण्डको अकल्याण्ड विमानस्थलबाट उड्ने तालिका रहेको छ ।

विमान जोन अफ केनेडी विमानस्थलको टर्मिलन १ मा स्थानीय समय अनुशार बिहिबार बेलुका पौने ६ बजे अवतरण हुने तालिका थियो । तर उक्त टर्मिनलमा समस्या आएपछि विमानहरु बोष्टन, न्युजर्सी र वासिंटन डिसीका विमानस्थलहरुमा डाइभर्ट गरिएको थियो । विमान अमेरिकाको अर्को विमानस्थलमा डाइभर्ट गर्दा धेरै दिनसम्म जमिनमा राख्नुपर्ने र अन्य निर्धारित सेवाहरू प्रभावित हुने भन्दै विमान न्यूजिल्याण्ड नै फिर्ता लगिएको थियो ।

टर्मिनल १ मा विद्युतीय प्यानल विफलताको कारणले विद्युत आपूर्तिमा अवरोध भएको थियो । राती त्यहाँ सानो आगलागी पनि भएको थियो । विद्युत आपूर्तिमा अवरोधका कारण टर्मिनल १ बाट बाहिर जाने र अवतरण हुने क्षमतामा असर गरेको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com