न्युयोर्कको जेएफके विमानस्थलमा समस्यापछि विमान अन्य एयरपोर्टतिर डाइभर्ट, केही विमान बीचबाटै फर्के


प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहीबार

विद्युत आपूर्तिमा अवरोधका कारण न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा समस्या भएपछि कैयन विमानहरु बीचैबाट फर्केको जनाइएको छ । न्युजील्याण्डको अकल्याण्डबाट आएको एयर न्यूजील्याण्डको विमान बीचबाटै न्यूजील्याण्ड फर्केको छ भने अन्य कैयन विमानहरुको उडान अवरुद्ध भएको छ ।

न्यूजील्याण्डको अकल्यान्डबाट उडेको विमान जोन अफ केनेडी विमानस्थलको टर्मिनल १ मा विद्युत आपूर्तिमा अवरोधपछि उडेको १६ घण्टापछि अकल्याण्ड नै फर्केको छ । विमान अमेरिकाको अर्को पोर्टमा डाइभर्ट गर्दा धेरै दिनसम्म जमिनमा राख्नुपर्ने र अन्य निर्धारित सेवाहरू प्रभावित हुने भन्दै विमान न्यूजिल्याण्ड नै फिर्ता लगिएको थियो ।

person looking up to the flight schedules

विमान जोन अफ केनेडी विमानस्थलको टर्मिलन १ मा स्थानीय समय अनुशार बिहिबार बेलुका पौने ६ बजे अवतरण हुने तालिका थियो । तर अब विमान स्थानीय समय अनुशार पौने १ बजे अकल्याण्डमा नै अवतरण गर्दैछ ।

टर्मिनल १ मा विद्युतीय प्यानल विफलताको कारणले विद्युत आपूर्तिमा अवरोध भएको थियो । राती त्यहाँ सानो आगलागी पनि भएको थियो । विद्युत आपूर्तिमा अवरोधका कारण टर्मिनल १ बाट बाहिर जाने र अवतरण हुने क्षमतामा असर गरिरहेको गरेको छ ।

बीचबाटै फर्केको न्यूजील्याण्डको अकल्यान्डबाट उडेको विमान ।

केही आउदै गरेका अन्तर्राष्ट्रिय उडानहरू अन्य पूर्वी तटीय विमानस्थलहरूमा डाइभर्ट गरिएको छ । ती विमानहरु न्यू जर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल, बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थल र वाशिंगटन डल्स अन्तर्राष्ट्रिय विमानस्थल डाइभर्ट गरिएको छ ।

पोर्ट अथोरिटीले रातभरको आगलागीबाट प्रभावित सर्किटहरू वरिपरि काम गरेर टर्मिनल १ मा बिजुली पुनर्स्थापना गर्ने प्रयास गरिरहेको जनाएको छ । यदि टर्मिनलमा बिजुली पुनर्स्थापना गर्ने यो विधि सफल भएन जेनेरेटर पावर प्रयोग गरेर टर्मिनल संचालन गरिने जनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com