यसरी गर्छन् अमेरिकामा एफबीआई एजेन्टहरूले सोमेक्समार्फत सामाजिक सञ्जालको निगरानी


प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहीबार

mobile phone, smartphone, keyboard

अगस्ट ११ मा एडम बिसले आफ्नो सामाजिक सञ्जालमा धम्कीपूर्ण पोष्ट गरे । उनले गरेको पोष्टमा एफबीआई निर्देशक क्रिस्टोफर रेका सन्दर्भमा फक्स न्युजको समाचारको लिंक पनि थियो ।

त्यसको चार दिन पछि हातमा वारेन्टसहित सशस्त्र संघीय एजेन्टहरू र विशेष टोलीहरूले पश्चिमी पेन्सिल्भेनियामा रहेको उनको घर घेराहाले । घर भित्र उनी र उनक १२ वर्षीय छोरा थिए। अँध्यारो थियो भने मध्यरातको आसपासमा घर घेरा हालिएको थियो ।

अधिकारीहरूले उसको सेलफोनमा १६ पटक फोन गरे । र उनीहरूले लाउडस्पीकरमार्फत आत्मसमर्पण गर्न आदेश दिए। अन्तत उनी हतियारसहित बाहिर निस्के । सुरक्षाकर्मीले चेतावनी दिएपछि उनले हतियार तल राखेर आत्मसपर्मण गरे । त्यसपछि उनलाई पक्राउ गरियो । यदि उनले हतियार नराखेको भए सुरक्षाकर्मीले गोली पनि चलाउन सक्थे ।

एडमले धम्कीपूर्ण पोस्टहरू हालेको र घरमा सशस्त्र एजेन्टहरूसँग सामना गर्ने क्षणको बीचका ती चार दिनहरूमा उनी एफबीआई भित्र सामाजिक मिडिया स्क्यान वा सोमेक्स भनिने जटिल जालोमा फसेका थिए । एफबीआईएको सोमेक्स नेटवर्कले अमेरिकामा कसैको पनि अनलाइन गतिविधिहरू निगरानी गर्नसक्छ ।

शीर्ष एफबीआई नेताहरूले अनुसन्धानमा नपर्ने व्यक्तिहरूको सार्वजनिक अनलाइन गतिविधिहरूलाई कानुनी रूपमा अनुगमन गर्न सक्ने हदसम्म कम गर्न खोजेका छन्। तर वास्तवमा ब्यूरोले सार्वजनिक रुपमा पोष्ट गरिने सामाजिक सञ्जालको लगभग असीमित अनुगमन गर्न सक्छ । तर यो कानून प्रवर्तन उद्देश्यका लागि हुनुपर्छ ।

tiktok, symbols, iris scan

यसले एफबीआई लाई सार्वजनिक रूपमा भनिएभन्दा भन्दा बढी शक्ति दिन्छ । सोमेक्स अन्तरगत एजेन्टहरूलाई चाहे अनुशार अनलाइन पोस्टहरू समीक्षा गर्न अनुमति दिइन्छ ।

सोमेक्सका एजेन्टहरूले सहयोगीहरूको नेटवर्कबाट जानकारी प्राप्त गर्दछन् । जस्तै आतंकवाद अनुसन्धान समूहले एडमका पोस्टहरू फ्ल्याग गरेको थियो । क्लार्क्सबर्ग, वेस्ट भर्जिनियामा रहेको एफबीआईको सोमेक्स टोली एजेन्सीको नेशनल थ्रेट अपरेशन सेन्टर भित्र बस्छ । सम्बन्धित नागरिकहरू, अन्य कानून प्रवर्तन एजेन्सीहरू, स्वतन्त्र अनुगमन संस्थाहरू र अन्यहरूबाट आसन्न सामाजिक मिडिया खतराहरूमा प्राप्त रिपोर्टहरुबारे यसले अनुसन्धान गर्दछ।

तर अरुबाट प्राप्त टिप्समात्र होइन, यसको आफ्नै सामाजिक सञ्जाल इन्टेलिजेन्स पनि रहेको छ । जस अन्तरगत एफबीआईले आक्रामक रूपमा ब्यूरोको चासोका विषयहरूसँग सम्बन्धित जानकारीको लागि सामाजिक सञ्जालहरू स्क्यान गर्दछ ।

एक विज्ञप्तिमा एफबीआईले सोमेक्सलाई अज्ञात विषय, पीडित, वा स्थान जानकारी पहिचान गर्न मद्दत गर्नको लागि सिर्जना गरिएको बताएको छ । जीवनमा खतरा हुने सार्वजनिक रूपमा उपलब्ध जानकारी प्रयोग गरेर सोमेक्सले काम गर्छ । त्यसपछि टोलीले थप अनुसन्धान र उपयुक्त कारबाहीका लागि उपयुक्त निकायलाई जानकारी पठाउँछ।

woman, face, social media

एजेन्टहरूलाई गोपनीयता र नागरिक स्वतन्त्रता सुरक्षामा थप प्रशिक्षण बिना विशिष्ट सोमेक्स उपकरणहरू प्रयोग गर्न अनुमति नभएको एफबीआईको भनाई छ । ती उपकरणहरूमा व्यावसायिक सफ्टवेयर समावेश छ जुन एफबीआईले आन्तरिक रुपमा प्रयोग गर्न खरीद गर्दछ। एफबीआईले सामाजिक सञ्जाल विश्लेषणको लागि तेस्रो पक्ष कन्ट्रयाक्टरहरुसँग पनि काम गर्दछ ।

सफ्टवेयरले मार्ने, मर्ने, गोली, आगो, बम, लुट जस्ता कैयन शब्दहरु भएका सामाजिक सञ्जालका पोष्टहरु स्क्यान गर्नसक्छ । तर सामाजिक सञ्जाल स्क्वायन गर्ने एफबीआईमात्र एक मात्र कानून प्रवर्तन एजेन्सी होइन।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com