वर्ल्ड बैंकका प्रमुखले दिए राजीनामा


प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार

विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन् । डेभिडले आफ्नो कार्यकाल पूरा हुनुअघि नै यो घोषणा गरेका हुन् । डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो । डोनाल्ड ट्रम्पको कार्यकालमा डेभिड मालपास विश्व बैंकको प्रमुख बनेका थिए ।

डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए । जसमा कोविड, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन्।

६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोच विचारपछि म अब नयाँ चुनौती सामना गर्ने समय हो भन्ने निष्कर्षमा पुगेको छु । सहज नेतृत्व परिवर्तन हुने अवसर यही हो ।”

डेभिड मालपास पनि डोनाल्ड ट्रम्पको अभियान सल्लाहकार थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com