पतिसँगै नायग्रा फल्स गएकी महिला ५ वर्षीय बालकसँगै हाम फालिन्, महिलाको मृत्यु, बालकको उद्दार


प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार

waterfalls in landscape photography

न्युयोर्कको नायग्रा फल्स स्टेट पार्कको नायग्रा खोंचमा सोमबार ५ बर्षको बालकसहित एक आमाले ९० फिट उचाइबाट हाम फालेपछि ५ वर्षीय बालकको उद्धार गरिएको छ भने उनकी आमाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आकस्मिक उद्दार टोलीहरूले ती महिला र उनको छोरालाई बचाउने उपायहरू गरेका थिए । तर महिलालाई भने बचाउन सकेनन् ।

उनीहरुको पहिचान नभएको जनाइएको छ । महिलाको शवलाई हेलिकप्टरबाट खोंचको फेदबाट कोरोनरको कार्यालयमा लगिएको थियो। अनुसन्धान जारी छ । तर यो दुर्घटना नभएको आफूहरुको विश्वास रहेको स्टेट पार्कका प्रहरी क्याप्टेन क्रिस रोलाले मंगलबार दिउँसो पत्रकार सम्मेलनमा बताएका छन् ।

महिला र बच्चा हामफाल्नु अघि महिलाको पतिसँग पार्कमा रहेको जनाइएको छ । तर अधिकारीहरूले घटना के कारण हुन सक्छ भनेर अझै अनुसन्धान गरिरहेका छन् । श्रीमान् र अन्य प्रत्यक्षदर्शीलाई प्रहरीले सोधपुछ गरिरहेको छ ।

आमा र बच्चा ९० फिट तल खोचको फेद नजिकै बनेको हिउँमा खसेका थिए । नायाग्रा फल्सका अग्निनियन्त्रकहरूले हिम्मतका साथ बरफ पार गरेर दुई जनासम्म पुग्नुपरेको थियो। उनीहरुले उद्दारका लागि कठिन हुने क्षेत्रमा हामफालेका थिए ।

टाउकोमा चोट लागेको बच्चालाई स्ट्रेचरमा हालेर उद्दार गरिएको थियो । त्यसपछि दिउँसो २ बजेपछि आपतकालीन हेलिकप्टरमा हालेर अस्पताल लगिएको थियो । उनलाई बफेलोको ओशेई बाल अस्पतालमा लगिएको थियो ।

केभ अफ द विन्ड्स वरपरको क्षेत्र नियाग्रा फल्स नजिकैको एक लोकप्रिय पर्यटक आकर्षण हो । प्रहरीले उद्धारको क्रममा उक्त क्षेत्र बन्द गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com