न्युयोर्कको बफेलोमा १० जनाको गोली हानी हत्या गर्ने १९ बर्षको व्यक्तिलाई आजिवन जेल सजाय


प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार

गत वर्ष न्युयोर्कको बफेलोमा एक ग्रोसरी स्टोरमा १० अश्वेत व्यक्तिको हत्या र तीन जनालाई घाइते बनाउने १९ वर्षीय श्वेत बन्दुकधारीलाई एरी काउन्टीको अदालतले आजिवन जेल सजाय सुनाएको छ । पेटन गेंड्रानले नोभेम्बरमा १५ मा आपराधिक आरोपहरूमा दोषी स्वीकार गरेको थियो ।

पहिलो डिग्री घरेलु आतंकवादको मुद्दामा प्यारोलको मौका बिना आजिवन जेल सजाय सुनाइएको हो । बुधवार सजाय सुनाउने क्रममा गोलीकाण्डमा मारिएका परिवारका सदस्यहरूले भीडभाडयुक्त अदालतमा भावनात्मक बयान दिएका थिए ।

गेन्ड्रोनलाई पनि यस हप्ता संघीय अदालतमा पनि उपस्थीत गराइनेछ, जहाँ २७ अभियोग लगाइएको छ । जसमा मृत्युको परिणामस्वरूप घृणा अपराधको १० अभियोग, हत्याको प्रयासका ३ अभियोग र एक थप घृणा अपराधको ३अभियोग समावेश छन्। त्यो बाहेक बन्दुकको प्रयोग सम्बन्धि १३ अभियोग लगाइएको छ ।

उसले सुरुमा संघीय आरोपहरूमा दोषी अस्वीकार गरेको थियो । तर उनका वकिलहरूका अनुसार अभियोजकहरूले उनलाई मृत्युदण्डबाट बचाउन सहमत भएमा बन्दुकधारीले संघीय आरोपहरूमा दोषी स्वीकार गर्न इच्छुक थियो ।

न्याय विभागका अनुसार महान्यायाधिवक्ताले मृत्युदण्डको सजाय माग्ने कि नमाग्ने भन्ने बारे पछि निर्णय गर्नेछन्। मे २०२२ मा भएको गोलीकाण्डपछि गिरफ्तार भएदेखि गेन्ड्रोनलाई जमानत बिना नै राखिएको थियो ।

प्यारोल बिनाको आजीवन कैद न्युयोर्कको सबैभन्दा ठूलो सजाय हो । किनभने सन् २००४ मा औपचारिक रुपमा खारेज गरिएपछि न्युयोर्कमा मृत्युदण्डको सजाय छैन ।

भावनात्मक सजाय सुनुवाइको क्रममा बुधबार अदालतमा एक व्यक्ति अभियुक्तमाथि आक्रमणका लागि दौडेका थिए । खैरो स्वेटसर्ट लगाएको व्यक्ति अभियुक्तलाई राखिएतिर दौडेपनि तुरुन्तै अदालतमा सुरक्षाकर्मीहरुले अवरुद्ध गरेका थिए । अभियुक्तलाइै अदालतको कोठाबाट बाहिर लगिएको थियो ।

आक्रमणमा मारिएकी ७२ वर्षीया क्याथरिन मेसीकी बहिनी बारबरा मेसीको भावनात्मक बयानको क्रममा यो घटना भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com