५२ संवैधानिक पदाधिकारीविरूद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि


प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीविरूद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि अन्तिम सुनुवाइ सुरू हुने भएको छ ।

ओली सरकारले अध्यादेशमार्फत् संवैधानिक परिषद्को स्वरूप परिवर्तन गरी विधि मिचेर नियुक्तिका लागि सिफारिस गरेको भन्दै परेको रिटमाथिको सुनुवाइ पटक–पटक सर्दै आएको थियो ।

गत साउन ११ गते सर्वोच्च अदालतले पेसी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार अन्तिम सुनुवाइका लागि बुधबार पेसी तोकिएको हो ।

नियुक्तिको सिफारिसमा संवैधानिक, कानुनी र प्रक्रियागत त्रुटी रहेको भन्दै नियुक्ति खारेज हुनुपर्ने माग गरिएको छ । साथै प्रतिनिधिसभा विघटन भएको अवस्थामा संसदीय सुनुवाइ नै नभइ नियुक्ति गरिएकाले पनि सबै नियुक्ति बदर हुनुपर्ने माग गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com