न्युयोर्कको पोर्ट अथोरिटी आउदै गरेको बस दुर्घटनामा २५ जना घाइते


प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार

मङ्गलबार बिहान एलिजाबेथमा न्यु जर्सी टर्नपाइकको उत्तर तर्फ एउटा न्युजर्सी ट्रान्जिट बस र ट्रक ठोक्किएपछि २५ जना यात्रुहरूलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। बसमा ३३ जना रहेका थिए ।

प्रहरीका अनुसार कसैलाई पनि गम्भीर चोटपटक लागेको छैन । कसैको पनि जीवन जोखिममा छैन । १३९ नम्बरको बस न्युयोर्कको पोर्ट अथोरिटी जाँदै गर्दा बिहान साढे ७ बजे माइल मार्कर ९९ प्वाइन्ट ४ को क्षेत्रमा दुर्घटना भएको थियो ।

चार यात्रुले उपचार गर्न अस्वीकार गरेको राज्य प्रहरीले जनाएको छ। यसअघि मंगलबार एनजे ट्रान्जिटले एक्जिट १३ नजिकै भएको दुर्घटनामा नौ यात्रु र बस चालक घाइते भएको बताएको थियो। तर पछि घाइतेको संख्या २५ बताइयो ।

बिहान ९ बजेसम्म उक्त क्षेत्रको यातायातमा समस्या भएको थियो । पछि यातायात सहज भयो । ट्रक र बस टोल रोडबाट हटाइएको थियो ।

कभरमा: १३९ नम्बरको बस । दुर्घटनामा परेको बस यही रुटको यही नम्बरको हो । यही बस भने होइन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com