७० वर्ष नाघेका सयजोडी वृद्धबृद्धाले गरे सामुहिक भ्यालेनटाइन डिनर


प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार

एकाडेमी अफ कुलिनरी आर्टसले प्रणय दिवसको अवसरमा ७० वर्ष नाघेका वृद्धहरुको लागि रोमान्टिक डिनर सम्पन्न गरेको छ । मंगलबार काठमाडौंको एकाडेमी अफ कुलिनरी आर्टसले करिब १०० जोडिहरुको उपस्थीतिमा उक्त डिनर गरेको हो ।

एकाडेमी अफ कुलिनरी आर्टस कलेजका संस्थापक अशेष महर्जनले वृद्धाहरुलाई मानसिक तथा भावनात्मक रुपले बलियो बनाउने र विद्यार्थीहरुलाई आदर सम्मानको कुरा बुझाउने उदेश्यले डिनरको आयोजना गरेको बताए ।

उनले भने ‘युवा युवतीको दिन अर्थात प्रणय दिवस भनेर चिनिन्छ तर आफ्नो विद्यार्थीहरुलाई राम्रो शिक्षा मिलोस भन्ने उदेश्यले ७० वर्ष नागेका वृद्धहरुको लागि यो डिनर कर्यक्रमको आयोजना गरेको हो । आदर सम्मानको कुरा बुझाउन यो गरेको । वृद्धहरुलाई मानसिक र भावनात्मक रुपले बलियो बनाउन पनि यो कार्यक्रले सहयोग गर्दछ । ’

कार्यक्रममा सहभागी भएका वृद्ध दम्पतिले यस्तो खालको कार्यक्रमले यूवा अवस्थाको झझल्को दिने मात्र नभई सम्बन्ध प्रगाढ बनाउँन भूमिका खेल्ने बताए । कार्यक्रममा उपस्थित वरिष्ठ कलाकार बसुन्धारा भूसालले राम्रो कुराको सबैले अनुसरण गर्दा फरक नपर्ने बताईन् ।

यूवाहरुबीच लोकप्रिय प्रणय दिवसमा वृद्धहरुका लागि रोमान्टीक डिनर आयोजना गरेको बारे उनले भनिन् ‘यो प्रेम दिवस भनेको श्रीमतिले श्रीमानलाई मात्र प्रेम साटासाट गर्ने होईन् । यो त सम्पूर्ण बाउ, आमा, छोरा, छारी, साथि भाई सबैसँग साट्ने हो । के खुसि लाग्यो भने यो संस्थाले पहिलो पटक सय जना वृद्ध वृद्धाहरुलाई यसरी बोलाएको भनेर हामी पनि आएका हौ । जीवनमा पहिलो पटक हो हामी यसरी मनाएको हो । विदेशको चलन भएपनि राम्रो छ भने स्वीकार गर्न के भयो र ?’

श्रोत:  नेपाल न्यूज बैंक

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com