क्यालिफोर्निया निवासी २ बिलियनको पावरबल ज्याकपटक विजेता ३ महिनापछि सार्वजनिक


प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार

क्यालिफोर्निया निवासी २ बिलियनको पावरबल ज्याकपटक विजेता झण्डै ३ महिनापछि रकम दावी गर्न आएको क्यालिफोर्नियाका लोटरी अधिकारीहरुले बताएका छन् । क्यालिफोर्निया लोटरी अधिकारीहरूले मंगलबार पत्रकार सम्मेलनमा एडविन क्यास्ट्रोले २ दशमलव शुन्य ४ बिलियन डलरको ज्याकपट जितेको सार्वजनिक गरेका छन् ।

क्यास्ट्रोले पूर्ण वार्षिकी पुरस्कारको सट्टा नगद विकल्प रोजेका छन् । जुन ९९७ दशमलव ६ मिलियन डलर हो । नोभेम्बर ७ को लोटरी विजेता टिकट अल्टाडेनाको वुडबरी रोडमा रहेको जोको सर्भिस सेन्टरमा खरिद गरिएको थियो। यो ज्याकपोट अमेरिकी इतिहासको सबैभन्दा ठूलो लटरी ज्याकपट थियो।

क्यालिफोर्नियाको कानून अनुशार क्यास्ट्रोको नाम सार्वजनिक रूपमा खुलासा गर्नुपर्थ्यो। क्यास्ट्रो पत्रकार सम्मेलनमा पनि उपस्थित भएनन् । उनले मिडिया अन्तर्वार्ताहरू नगर्ने छनौट गरेका छन् । लटरी अधिकारीहरूका अनुार क्यालिफोर्नियाको सार्वजनिक शिक्षाको लागि १५६ मिलियन डलर जानेछ ।

क्यालिफोर्नियामा बेचेका अन्य तीन अन्य टिकटहरूका उक्त दिन पाँचवटा नम्बरहरूसँग मेल खाएका थिए, तर पावरबल भने मिलेको थिए । ती टिकटहरू गार्डेना, ब्यूमन्ट र सान फ्रान्सिस्कोमा बेचिएका थिए । प्रत्येकको मूल्य लगभग १ दशमलव १५ मिलियन डलर थियो। कुल २२ वटा त्यस्ता टिकटहरू राष्ट्रिय रूपमा बिक्री भएका थिए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com