चीनले आफ्नो उद्धार टोलीलाई टर्की र सिरिया जानबाट रोक्यो


प्रकाशित मिति : माघ २९, २०७९ आईतबार

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा हालसम्म ३३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यी दुई भूकम्पपीडित देशलाई सहयोग गर्न धेरै देश अगाडि आएका छन् । यी देशहरूमा जर्मनी, ग्रीस, इरान, इराक, इजरायल, मलेसिया, कतार र चीन जस्ता देशहरू छन्।  तर सहयोग गर्ने देश चीनले अहिले आफ्नो कदम रोकेको छ ।

चीनले भूकम्प प्रभावित सिरियामा राहत सामग्रीको दोस्रो खेप पठाएको छ । तर आफ्नो उद्धार टोलीका कर्मचारी  पठाउन रोकेको छ ।  उद्धार कार्यमा पर्ने बोझ कम गर्न र खराब मौसमलाई ध्यानमा राखेर यो कदम चालिएको चीनले जनाएको छ ।

विपद् रोकथामका लागि चाइना एसोसिएसनले चिनियाँ उद्धार टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा ओभरलोड हुनबाट जोगिन र खराब मौसमको जोखिमबाट बच्न टर्की र सिरियाको यात्रा रद्द गर्न आग्रह गरेको छ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार रेडक्रस सोसाइटी अफ चाइनाले सिरियालाई कपासको पाल, पारिवारिक किट, ज्याकेट र दैनिक उपभोग्य सामग्रीलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले टर्की र सिरियालाई पनि आर्थिक सहयोग गरेको छ र सरकारका ८२ सदस्यलाई पनि यी दुई देशमा पठाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com