असल व्यक्तिको हस्तक्षेपपछि न्युयोर्कको क्वीन्सको बाथरूममा बलात्कृत हुनबाट जोगिइन महिला


प्रकाशित मिति : २९ माघ २०७९, आइतबार

एकजना असल व्यक्तिको हस्तक्षेपपछि न्युयोर्कको क्वीन्सको बाथरूममा बलात्कृत हुनबाट एकजना महिला जोगिएको प्रहरीले जनाएको छ । एक व्यक्तिले बुधवार क्वीन्स भवनको लबी बाथरूममा ३४ वर्षीया महिलालाई बलात्कार गर्ने प्रयास गरेको तर एक असल व्यक्तिले अन्तिम सेकेन्डमा आक्रमण रोक्न कदम चालेको प्रहरीले बताएको छ ।

ती व्यक्तिले राति १० बजेर ४० मिनेटमा डच किल्सको क्रिसेन्ट स्ट्रिट र ४१ औं एभिन्यूको इन्टरसेक्सन नजिकैको भवनको बाथरूममा महिलालाई बलात्कारको प्रयास गरेको प्रहरीको भनाई छ । उक्त व्यक्तिले आफ्नो यौनाङ्ग बाहिर निकालेर महिलालाई बलात्कार गर्न खोज्दा एक असल व्यक्तिले हस्तक्षेप गरेका थिए ।

संदीग्ध व्यक्ति ।

बलात्कार प्रयास गर्नेले महिलाको अनुहारमा समातेर उनको प्यान्ट तल तान्न प्रयास गरेको थियो । तर एक व्यक्तिले महिला चिच्याएको सुनेपछि हस्तक्षेप गरेका थिए ।

अधिकारीहरूका अनुसार अपरिचित व्यक्तिलाई देखेपछि बलात्कार प्रयास गर्ने व्यक्ति क्वीन्सबोरो प्लाजा सबवे स्टेशनतर्फ पैदलै भागेको थियो ।
पीडितलाई कुनै चोटपटक लागेको छैन ।

पुलिसले आक्रमणको बारेमा कसैलाई केही जानकारी भएमा खबर गर्न अनुरोध गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com