न्युयोर्कमा झण्डै ६० घण्टापछि भेटिनुभएकी नेपाली आमा मनमाया यसरी पुग्नुभयो अस्पताल


प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार

न्युयोर्कको क्वीन्सबाट सोमबार विहानदेखि बेपत्ता ७५ बर्षकी नेपाली आमा मनमाया मगर बुधबार बेलुका झण्डै ६० घण्टापछि न्युयोर्कको ब्रुकलिन कोने आइल्याण्ड अस्पतालमा फेला परेपछि नेपाली समुदाय खुशी भएको छ । तर उहाँ न्युयोर्कको क्वीन्सबाट ब्रुकलिन बरोमा पर्ने कोने आइल्याण्ड अस्पतालसम्म कसरी पुग्नुभयो भन्नेबारे पनि जिज्ञासा रहेको छ । उहाँ हराएको स्थानबाट भेटिएको स्थानको दुरी झण्डै २५ माइल रहेको छ ।

सोमबार विहान हराएपछि उहाँ घर फर्कने प्रयास गरेको तर बाटो हराएपछि भौतारिदै ब्रुकलिन पुगेको पारिवारिक श्रोतलाई उद्दृत गर्दै खोजीमा सकृय रहनुभएका एक व्यक्तिले जानकारी दिनुभयो । हराएपछि आफू एल्मह्रस्ट अस्पतालनेर पुगेको र त्यहाँबाट फर्केर घरजान खोज्दा बाटो पत्ता लगाउन नसक्दा २ दिन र २ रातसम्म हिडेको हिड्यै गरेको आमा मनमायाले बताउनुभएको जनाइएको छ ।

तर उहाँ एल्मह्रस्ट अस्पतालनेर पुग्नुभएको थियो वा झुक्किनुभएको थियो भन्ने पुष्टी भएको छैन । यो क्रममा ट्रेन वा कुनै यातायातको साधन समेत नचढेको र प्राथना गर्दै हिडेको उहाँले बताउनुभएको थियो ।

हिड्ने क्रममा बाटोमा एकजना बच्चाले एकडलर दिएको र त्यसले एउटा स्याउ किनेर समेत खाएको उहाँले परिवारका सदस्यहरुलाई बताउनुभएको जनाइएको छ । त्यस्तै अरु कसैले दिएको १ डलरले पानी किनेर समेत पिएको बताउनुभएको जनाइएको छ । प्राथना गर्दै दिनरात हिडिरहेको र हिड्ने क्रममा ब्रुकलिनको रिभरसाइड पुगेपछि ढलेकाले कसैले एम्बुलेन्सलाई खबर गरिदिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि एम्बुलेन्सले नजिकको अस्पताल कोने आइल्याण्ड अस्पतालमा लगेको थियो, जहाँ उहाँलाई भर्ना गरिएको थियो । बिहिबार साँझसम्म पनि उहाँ अस्पतालमा नै रहेको जनाइएको छ । उहाँ स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकले उहाँको स्वास्थ्य अवस्थाको मूल्यांकन गरिरहेको जनाइएको छ ।

अस्पतालमा परिवारका सदस्यहरुलाई देख्नेवित्तिकै सुरुमा उहाँ मुस्काउनुभएको तर पछि रुनुभएको जनाइएको छ । उहाँको खोजीमा सघाउने सबैलाई परिवारका तर्फबाट धन्यवाद दिइएको छ ।

अस्पतालहरुमा खोजी गर्ने क्रममा कोने आइल्याण्ड अस्पतालमा उहाँ भेटिनुभएको हो । उहाँ रिभरसाइडमा भेटिनुभएकाले अस्पतालले उहाँको नाम नै रिभरसाइड उल्लेख गरेर उपचार गरिरहेकाले खोज्ने क्रममा केही समस्या समेत भएको थियो ।

न्युयोर्कको क्वीन्सका अस्पतालहरुमा उहाँको सोमबारदेखि नै खोजी गरिएको थियो भने मंगलबार क्वीन्सका अस्पतालहरुमा खोजी गरिएको थियो । क्वीन्सका अस्पतालमा नभेटिएपछि अन्य बरोका अस्पतालमा खोजी सुरु गरिएको थियो ।

उहाँको खोजीका लागि प्रहरीले पनि पोष्टर जारी गरेको थियो । ती पोष्टरहरु क्वीन्सका विभिन्न स्थानमा टासिएको थियो । न्युयोर्कको नेपाली समुदायका सदस्यहरु उहाँको खोजीका लागि लागिरहेका थिए ।उहाँ हराएको जानकारी प्रहरीमा सोमबार दर्ता भएको थियो ।

उहाँ सोमबार विहान ७ बजेर ४० मिनेटमा सन्नीसाइडबाट हराउनुभएको थियो ।  ४ महिना अगाडि अमेरिका आउनुभएकी उहाँ छोरा बुहारीसँगै बस्दै आउनुभएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com