लस एन्जलसमा तामाङ संस्कृति झल्काउने कार्यक्रम र प्रतियोगिता


प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार

तामाङ समुदायको नयाँ बर्ष ल्होसारको अवसरमा तामाङ सोसाइटी लस एन्जलसले स्थानीय आर्टेसिया पार्कमा तामाङ संस्कृति झल्काउने कार्यक्रम गरेको छ । कार्यक्रममा चर्चित दोहोरी गायक कृष्ण देवकोटाको समेत प्रस्तुती रहेको थियो ।

२८५९ औं सोनाम ल्होसार नयाँ बर्ष बिरालो बर्गको अवसरमा आयोजित कार्यक्रममा भलिवल प्रतियोगिता, म्युजिकल चेयर, लक्की ड्र लगायतको खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । एक आपसमा शुभकामना आदान प्रदानसहित सहभागीहरुले नेपाली खानाको स्वाद लिए ।

भलिवल प्रतियोगितामा अनिल केसी समूह प्रथम, रामचन्द्र लामिछानेको समुह दोस्रो, युवाहरुको समूह तेस्रो हुन सफल भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी सामाजिक अभियन्ता सारदा श्रेष्ठको संयोजकत्वमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भयो । पुरस्कृत खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्यालिफोर्नियका लागि नेपाली अवैतनिक वाणिज्यदूत ऋषि ढकालले प्रवासमा बस्ने नेपाली मुलका तामाङ समुदायले आफ्नो मौलिक संस्कृति जगेर्ना गर्ने र समुदायलाई जोड्ने कार्य गरेकोमा तामाङ सोसाइटी लस एन्जलसलाई धन्यवाद दिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com