न्युयोर्कबाट बेपत्ता ७५ बर्षकी नेपाली आमा मनमाया अस्पतालमा फेला


प्रकाशित मिति : माघ २५, २०७९ बुधबार

न्युयोर्कको क्वीन्सबाट सोमबारदेखि बेपत्ता ७५ बर्षकी नेपाली आमा मनमाया मगर आज न्युयोर्कको कोने आइल्याण्ड अस्पतालमा फेला पर्नुभएको छ । उहाँ बुधबार बेलुका अस्पतालमा फेला पर्नुभएको रायन लाम्गादेले जानकारी दिनुभयो ।

अस्पतालहरुमा खोजी गर्ने क्रममा अस्पालमा भेटिएको लाम्गादेले जानकारी दिनुभयो । न्युयोर्कका अस्पतालहरुमा अस्तीदेखि नै खोजी गरिएको थियो भने आजपनि अस्पतालहरुमा खोजी गर्ने क्रममा भेटिएको उहाँको खोजीमा सघाइरहनुभएका न्युयोर्कमा स्वास्थ्य क्षेत्रमा कार्यरत रायन लाम्गादेले जानकारी दिनुभयो ।

हिजो एल्महस्र्ट, फ्लसिङ, न्युयोर्क प्रेस्बिटेरियन र अष्टोरियाको माउन्ट साइनायी अस्पतालमा सम्पर्क गरेर खोजी गरिएको तथा एल्महस्र्ट अस्पतालमा आफै पुगेर खोजी गरेको लाम्गादेले जानकारी दिनुभयो ।

उहाँको खोजीका लागि प्रहरीले पनि पोष्टर जारी गरेको थियो । ती पोष्टरहरु क्वीन्सका विभिन्न स्थानमा टासिएको थियो । न्युयोर्कको नेपाली समुदायका सदस्यहरु उहाँको खोजीका लागि लागिरहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँ हराएको जानकारी प्रहरीमा सोमबार दर्ता भएको थियो ।

न्युयोर्कको क्वीन्स उडसाइड निवासी ७५ बर्षीय नेपाली मनमाया मगर बेपत्ता भएपछि परिवारले खोजीका लागि सघाउन अपिल गरेको थियो।उहाँ सोमबार विहान ७ बजेर ४० मिनेटमा सन्नीसाइडबाट हराउनुभएको थियो ।

४७ स्ट्रीटको ४८५६ उडसाइडमा बस्दै आएकी मनमाया विहान नातिनीलाई सन्नीसाइडमा रहेको एलिमेन्टरी स्कुल चिल्ड्रेन्स ल्याबमा पुराउन जानुभएको थियो ।

नातिनीलाई स्कुलमा छाड्न गएपछि उहाँ घर नफर्किएकाले परिवारले खोजी सुरू गरेको थियो । श्रीमानसँगै नातिनीलाई स्कुलमा छाड्न गएपनि ट्वाइलेट जानभन्दै पार्कमा गएको र श्रीमानले नातिनीलाई स्कुलमा छाडेर फर्कदा उहाँ हराउनुभएको थियो ।

४ महिना अगाडि अमेरिका आउनुभएकी उहाँ छोरा बुहारीसँगै बस्दै आउनुभएको छ। उक्त क्षेत्रमा खोज्दा फेला नपरेपछि विहान साढे ११ बजेतिर प्रहरीलाई खबर गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com