अमेरिका–चीन बेलुन प्रकरणः बेइजिङको कडा आपत्ति


प्रकाशित मिति : २५ माघ २०७९, बुधबार

बेलुनको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ । चीनले आफूविरुद्ध जासुसी गर्न आफ्नो आकाशमा बेलुन उडाएको भन्दै अमेरिकाले गत शनिबार त्यसलाई बलपूर्वक खसालेपछि विवाद बढेको हो ।

वासिङटनस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत सु सुयुवानले बेइजिङको निर्देशनअनुसार अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ अधिकारीलाई आज भेटेर बेलुन खसालिएकामा कडा आपत्ति जनाएका छन् ।

वायुको वेग र बहावका कारण अनपेक्षितरूपमा मानवरहित वायुयान अमेरिकी आकाशमा प्रवेश गरेको स्वीकार गर्दै चीनले त्यससम्बन्धमा अमेरिकी पक्षलाई समयमै बारम्बार जानकारी गराउँदा समेत त्यसलाई अमेरिकी पक्षले उपेक्षा गरेर बलपूर्वक बेलुन खसालेकामा खेद प्रकट गरेको छ ।

चिनियाँ कूटनीतिज्ञले भेट गरेका अमेरिकी अधिकारीबारे जानकारी नदिए पनि उनले अमेरिकालाई शान्त र संयमित भउर व्यावसायिक ढङ्गले परिस्थिति सम्हाल्न आग्रह गरेका छन् । उनले परिस्थितिलाई थप जटिल नबनाउन पनि सम्बद्ध अधिकारीलाई आह्वान गरेका छन् । आवश्यक परे अमेरिकालाई चीनले थप जवाफ दिने पनि उनले बताएका छन् । यद्यपि कस्तो जवाफ भन्नेबारेमा केही स्पष्ट गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि चीनले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको थियो । मौसम विज्ञानसम्बन्धी सूचना सङ्कलन गर्न नागरिकस्तरमा उडाइएको उक्त बेलुन वायु बलका कारण काबुबाहिर हुँदा अमेरिकी आकाशमा पुगेको बेइजिङले स्पष्ट गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com