इन्डोनेसियामा न्यूजिल्याण्डका पाइलटको अपहरण, पश्चिम पपुवा प्रान्तलाई स्वतन्त्र घोषणा गर्न माग


प्रकाशित मिति : माघ २५, २०७९ बुधबार

इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरुले न्युजिल्याण्डका एक पाइलटलाई अपहरण गरेका छन् । उनले पाइलटलाई मार्ने धम्की दिएका छन् । विमानमा आगो लागेपछि नुडगाको पहाडी क्षेत्रमा अवतरण गर्न बाध्य हुँदा पाइलट फिलिप मर्टेन्सलाई अपहरण गरिएको थियो।

विमानमा एक बालकसहित पाँच जना यात्रु पनि थिए । यात्रुलाई रिहा गरेको अनुमान गरिएको छ । पृथकतावादीहरूले इन्डोनेसियाले पश्चिम पपुवा प्रान्तलाई स्वतन्त्र घोषणा गर्न माग गरेका छन्।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर, त्यहाँ धेरै कठिनाइहरू छन् किनभने यो क्षेत्रमा मात्र विमानबाट पुग्न सकिन्छ। पश्चिम पपुवामा सक्रिय नेशनल लिबरेशन आर्मीले अपहरणको जिम्मेवारी लिएको छ। इन्डोनेसियाली सरकारले यसलाई आतंकवादी समूह मानेको छ ।

नेशनल लिबरेसन आर्मीका प्रवक्ता सेबी साम्बोमले भने-‘यदि इन्डोनेसियाले “अडिग अडान लिन्छ” र पश्चिम पपुवाको स्वतन्त्रताको लागि वार्ता गर्न असफल भएमा पाइलटलाई मृत्युदण्ड दिइनेछ।’ यसै क्रममा न्यूजिल्याण्ड सरकारले घटनाबारे आफूलाई जानकारी रहेको र इन्डोनेसियामा रहेका आफ्ना राजदूतले पाइलटको परिवारलाई सहयोग गरिरहेको बताएको छ ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार उक्त विमान सुसी एयरको थियो, जसले छिमेकी जिल्ला टिमिकाको खानी सहरबाट सामान आपूर्ति गरिरहेको थियो। पपुवा क्षेत्र एक डच उपनिवेश हो जुन दुई भागमा विभाजित थियो – पपुवा र पश्चिम पपुवा।

संयुक्त राष्ट्र संघको निगरानीमा भएको विवादित मतदानपछि यसलाई इन्डोनेसियामा समावेश गरिएको थियो। त्यसयता पृथकतावादी र इन्डोनेसियाली सेनाबीच भिडन्त जारी छ । जबकि, पपुवा र पपुवा न्यू गिनी दुई फरक ठाउँहरू छन्। पपुवा न्यू गिनी सन् १९७५ मा अस्ट्रेलियाबाट स्वतन्त्र भएको देश हो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com