‘अमेरिका आएपछि जीवनको वास्तविक अर्थ र दुख के हो भन्ने थाहा पाएँ’- सञ्जीप प्रधान(भिडियो)


प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार

हाल अमेरिकामा बस्दै आएका चर्चित नेपाली गायक तथा संगीतकार सञ्जीप प्रधानले अमेरिका आएपछि जीवनको वास्तविक अर्थ र दुख के हो भन्ने थाहा पाएको बताएका छन् । बिमलेश अधिकारीसँगको ‘द बोल्ड टक वीथ बिम’मा कुरा गर्दै उनले अमेरिकाको बसाई आफ्ना लागि जीवनको ‘टर्निङ प्वाइन्ट’ भएको र धेरै कुरा सिक्ने अवशर पाएको उनले बताए ।

नेपालमा आफू व्यवसायी नभएको र अमेरिका आएपछि व्यवसायी समेत भएको उल्लेख गर्दै उनले अमेरिका बसाई जीवनको ‘टर्निङ प्वाइन्ट’मात्र नभई ‘लाइफ लेसन’ समेत भएको बताए । सुरुमा अमेरिका आफ्नो कर्मभूमि होला भन्ने नलागेको उल्लेख गर्दै उनले भने – ‘तर अमेरिका बसियो, फसियो । तर अप्ठ्यारो अनुभव भएको छैन । नेपाली समुदायबाट माया र सम्मान पाएको छु ।’

अमेरिकामा रहदा पनि गीत संगीतमा सकृय रहदै आएका उनले नेपालमै बसेर गर्न पाएको भए अझ धेरै गर्न सक्थें कि जस्तो लाग्ने बताए । नेपाली कलाकारहरुको आधार नेपाल नै भएकाले नेपालबाट गर्दा संसारभर फैलिन सजिलो हुने र बाहिरबाट गर्दा संकुचित भएको, फैलिन गाह्रो भएको जस्तो अनुभव हुने उनले बताए ।

एक कार्यक्रमका क्रममा प्रधान ।

नेपाली गायक, गीतकार र कलाकार प्रधान नशा भित्र, देउरालीको चौतारीमा, सिरिमा सिरी जस्ता हिट गीतका लागि परिचित छन्। उनले आफ्नो सांगीतिक करियर सन् १९९१ मा लगभग १७ बर्षको उमेरमा सुरु गरेका थिए । उनले ३०० भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन्। उनका कैयन गीत नेपाल भाषामा समेत छन् । उनले सन् २००१ को मार्चमा सरिश्मा अमात्य (गायिका/गीतकार)सँग विवाह गरे।

विमलेश अधिकारीसँग कुराकानीका क्रममा सञ्जीप प्रधान ।

प्रधान नेपाली कलाकार बिमलेश अधिकारीको युट्युब शो द बोल्ड टक वीथ बिमको तेश्रो भागमा कुराकानी गर्दै थिए । उक्त भाग मंगलबार रिलिज गरिएको छ । कार्यक्रम र्संचालक बिमलेश अधिकारी पनि नेपालका चर्चित कलाकार हुन् । उनले झण्डै साढे २ सय म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com