न्युयोर्कमा ३६ घण्टादेखि बेपत्ता ७५ बर्षकी नेपाली आमा मनमाया मगरको क्वीन्सका अस्पतालमा खोजी


प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार

न्युयोर्कको क्वीन्सबाट विगत ३६ घण्टादेखि बेपत्ता ७५ बर्षकी नेपाली आमा मनमाया मगरको आज क्वीन्सका अस्पतालहरुमा खोजी गरिएको छ । केही अस्पतालहरुमा हिजोदेखि नै खोजी गरिएको थियो भने आजपनि अस्पतालहरुमा खोजी गरिएको उहाँको खोजीमा सघाइरहनुभएका न्युयोर्कमा स्वास्थ्य क्षेत्रमा कार्यरत रायन लाम्गादेले जानकारी दिनुभयो ।

एल्महस्र्ट, फ्लसिङ, न्युयोर्क प्रेस्बिटेरियन र अष्टोरियाको माउन्ट साइनायी अस्पतालमा सम्पर्क गरेर खोजी गरिएको तथा एल्महस्र्ट अस्पतालमा आफै पुगेर खोजी गरेको लाम्गादेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘विभिन्न अस्पतालमा बुझने क्रम जारी छ । कुनै जानकारी प्राप्त भएको छैन । भोलि अन्य अस्पतालहरुमा पनि बुझने प्रयास गर्नेछौं ।’

उहाँको खोजीका लागि प्रहरीले पनि पोष्टर जारी गरेको छ । ती पोष्टरहरु क्वीन्सका विभिन्न स्थानमा टासिएको छ । न्युयोर्कको नेपाली समुदायका सदस्यहरु उहाँको खोजीका लागि लागिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँ हराएको जानकारी प्रहरीमा सोमबार दर्ता भएको तर उहाँको बारेमा कुनै थप जानकारी प्राप्त गर्न नसकिएको न्युयोर्क प्रहरीका एकजना प्रवक्ताले बताएका छन् । खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

न्युयोर्कको क्वीन्स उडसाइड निवासी ७५ बर्षीय नेपाली मनमाया मगर बेपत्ता भएपछि परिवारले खोजीका लागि सघाउन अपिल गरेको छ । सोमबार विहान ७ बजेर ४० मिनेटमा सन्नीसाइडबाट हराइरहेको अहिलेसम्म पनि फेला नपरेको परिवारले जनाएको छ ।

४७ स्ट्रीटको ४८५६ उडसाइडमा बस्दै आएकी मनमाया विहान नातिनीलाई सन्नीसाइडमा रहेको एलिमेन्टरी स्कुल चिल्ड्रेन्स ल्याबमा पुराउन जानुभएको थियो । अन्तिमपटक ४३ स्ट्रीट र ग्रिनप्वाइन्ट एभिन्युको आसपासमा देखिएको प्रहरीको भनाई छ ।

नातिनीलाई स्कुलमा छाड्न गएपछि उहाँ घर नफर्किएकाले परिवारले खोजी सुरू गरेको हो । श्रीमानसँगै नातिनीलाई स्कुलमा छाड्न गएपनि ट्वाइलेट जानभन्दै पार्कमा गएको र श्रीमानले नातिनीलाई स्कुलमा छाडेर फर्कदा पार्कमा नभेटिएको जनाइएको छ ।

४ महिना अगाडि अमेरिका आउनुभएकी उहाँ छोरा बुहारीसँगै बस्दै आउनुभएको थियो । उक्त क्षेत्रमा खोज्दा फेला नपरेपछि विहान साढे ११ बजेतिर प्रहरीलाई खबर गरिएको बुहारी ज्योती थापा मगरले जानकारी दिनुभयो ।

अँग्रेजी बोल्न नजान्ने उहाँसँग मोबाइल समेत नभएको जनाइएको छ । निलो कुर्ता सुरूवाल, मरुन ज्याकेट र टाउकोमा सेतो स्कार्फ लगाएकी उहाँलाई कसैले भेटेमा प्रहरीलाई ८०० ५७७ ८४७७ मा खबर गरिदिन वा छोरा कमल थापा मगरलाई ९२९ ८०१ ०९९२ मा वा बुहारी ज्योति थापा मगरलाई ६४६ ६४३ ८०७५ मा खबर गरिदिन अनुरोध गरिएको छ ।

उहाँको खोजीमा सघाउन न्युयोर्कमा रहेको नेपाली समुदायलाई पनि अनुरोध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com