भूकम्प प्रभावित सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई विश्वव्यापी दबाब दिन इरानको आग्रह


प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार

इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तरराष्ट्रिय सहायता पु-याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गरेका छन् ।

प्रवक्ता नासेर कनानीले सोमबार अर्ध–आधिकारिक मेहर समाचार एजेन्सीसँगको एक विशेष अन्तरवार्तामा टिप्पणी सो बारे गरेका छन् ।

टर्की र सिरियाली सरकार र जनताप्रति सहानुभूति व्यक्त गर्दै कनानीले आफ्नो देश प्रभावित दुई देशहरूमा उद्धार र चिकित्सा सहायता पठाउन तत्पर रहेको बताएका छन् ।

विगत नौ वर्षभन्दा बढी समयदेखि सिरियाले द्वन्द्वको सामना गरिरहेको छ । यसैबीच प्रवक्ताले अन्य देशहरूलाई अरब राज्यको घेराबन्दी हटाउन संयुक्त राज्य अमेरिकालाई दबाब दिन र अन्तरराष्ट्रिय मानवीय सहायता पु¥याउन आग्रह गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले सिरियाविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको छ जसका कारण त्यहाँ आवश्यक सामान र अन्तरराष्ट्रिय मानवीय सहायता पठाउन कठिन भएको बताएका छन् ।

टर्किए र छिमेकी सिरियामा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मङ्गलबार दिउँसोसम्म करिब पाँच हजार मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com