अमेरिकाको अध्यागमन अदालतमा २३ नयाँ न्यायाधिस थप, नेपालीका ४८ सय ७८ मुद्दा विचाराधिन


प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार

एक्जुक्युटिभ अफिस फर इमिग्रेशन रिभ्युले अमेरिकाका अध्यागमन अदालतहरुमा २३ नयाँ न्यायाधिसहरु थप गरिएको घोषणा गरेको छ । कनेक्टिकट, जर्जिया, लुजियाना, न्युजर्सी, न्युमेक्सिको, न्युयोर्क, टेक्सास र भर्जिनियामा ती न्यायाधिसहरु थप गरिएको हो ।

यी अध्यागमन न्यायाधीशहरू क्यारियर कर्मचारीहरू हुन्ले । साथै एक्जुक्युटिभ अफिस फर इमिग्रेशन रिभ्युले तिनीहरूलाई प्रतिस्पर्धी आवेदन प्रक्रिया मार्फत चयन गरेको हो । एटोर्नी जनरल मेरिक गारल्याण्डले आधिकारिक रूपमा नियुक्त गरेका हुन् ।

कहाँको अदालतमा कति नेपालीका मुद्दाहरु विचाराधिन छन् ? यसबारेको तथ्यांक । श्रोत: ट्रान्जेन्सनल रेकर्ड एक्सेस क्लीयरिंगहाउस ।

एक्जुक्युटिभ अफिस फर इमिग्रेशन रिभ्युले अध्यागमन न्यायाधीश टिम विस्तार गर्न काम जारी राख्ने जनाएको छ । सबै पृष्ठभूमिका योग्यहरूलाई स्वागत
एजेन्सीमा सामेल हुन स्वागत गरिने समेत जनाएको छ ।

हाल अमेरिकाको अध्यागमन अदालतमा नेपालीका ४८ सय ७८ मुद्दाहरु विचाराधिन अवस्थामा रहेका छन् । जसमध्ये सबैभन्दा धेरै मुद्दाहरु न्युयोर्कको अदालतमा २१२५ जना नेपालीका मुद्दाहरु विचाराधिन छन् ।

कुल मुद्दाहरुमध्ये ४८४५ मुद्दा अध्यागमनसँग सम्बन्धित मुद्दाहरु हुन् । ९ वटा मुद्दाहरु अपराधसँग सम्बन्धित छन् । बाँकी अन्य प्रकारका मुद्दाहरु हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com