न्युयोर्कबाट नेपाली आमा मनमाया मगर हराएको २४ घण्टा नाघेपनि थप जानकारी नआएको प्रहरीको भनाई


प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार

न्युयोर्कबाट ७५ बर्षीय मनमाया मगर हराएको २४ घण्टा नाघेपनि थप जानकारी नआएको न्युयोर्क प्रहरीले खसोखासलाई जानकारी दिएको छ । उहाँ हराएको जानकारी प्रहरीमा सोमबार दर्ता भएको तर उहाँको बारेमा कुनै थप जानकारी प्राप्त गर्न नसकिएको न्युयोर्क प्रहरीका एकजना प्रवक्ताले बताएका छन् । खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

न्युयोर्कको क्वीन्स उडसाइड निवासी ७५ बर्षीय नेपाली मनमाया मगर बेपत्ता भएपछि परिवारले खोजीका लागि सघाउन अपिल गरेको छ । सोमबार विहान ७ बजेर ४० मिनेटमा सन्नीसाइडबाट हराइरहेको अहिलेसम्म पनि फेला नपरेको परिवारले जनाएको छ ।

४७ स्ट्रीटको ४८५६ उडसाइडमा बस्दै आएकी मनमाया विहान नातिनीलाई सन्नीसाइडमा रहेको एलिमेन्टरी स्कुल चिल्ड्रेन्स ल्याबमा पुराउन जानुभएको थियो । नातिनीलाई स्कुलमा छाडेपछि उहाँ घर नफर्किएकाले परिवारले खोजी सुरू गरेको हो ।

NYPD white and blue NYPD SUV

४ महिना अगाडि अमेरिका आउनुभएकी उहाँ छोरा बुहारीसँगै बस्दै आउनुभएको थियो । उक्त क्षेत्रमा खोज्दा फेला नपरेपछि विहान साढे ११ बजेतिर प्रहरीलाई खबर गरिएको बुहारी ज्योती थापा मगरले जानकारी दिनुभयो ।

अँग्रेजी बोल्न नजान्ने उहाँसँग मोबाइल समेत नभएको जनाइएको छ । निलो कुर्ता सुरूवाल, रातो ज्याकेट र टाउकोमा सेतो स्कार्फ लगाएकी उहाँलाई कसैले भेटेमा प्रहरीलाई ९११ मा खबर गरिदिन वा छोरा कमल थापा मगरलाई ९२९ ८०१ ०९९२ मा वा बुहारी ज्योति थापा मगरलाई ६४६ ६४३ ८०७५ मा खबर गरिदिन अनुरोध गरिएको छ ।

उहाँको खोजीमा सघाउन न्युयोर्कमा रहेको नेपाली समुदायलाई पनि अनुरोध गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com