टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका कारण अहिलेसम्म ४ हजारको मृत्यु


प्रकाशित मिति : माघ २३, २०७९ सोमबार

टर्की र सिरियामा सोमबार भएको आगलागीमा हालसम्म ४ हजार जनाको मृत्यु भएको छ । तीनवटा ठूला भूकम्पपछि टर्की र सिरियामा विनाशको वातावरण छ । ७.८, ७.६ र ६ रेक्टर स्केलको भूकम्पपछि जताततै विनाशको वातावरण छ । समाचार एजेन्सी एपीले हजारौं मानिस घाइते भएको र भवनको भग्नावशेषमा आफ्ना प्रियजनको खोजी भइरहेको बताएको छ ।

टर्कीमा गएको भूकम्पमा परी २९२१ र सिरियामा १४४४ जनाको मृत्यु भएको प्रकोप तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण दुवै देशमा मृत्यु हुनेको संख्या २० हजार पुग्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संस्थाका वरिष्ठ आपतकालीन अधिकारी क्याथरिन स्मलवुडका अनुसार विनाशको पूर्ण तस्विर अझै आइसकेको छैन र यो प्रारम्भिक तथ्यांकभन्दा आठ गुणा बढी हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विज्ञहरूका अनुसार तीनवटा ठूला भूकम्प बाहेक अहिलेसम्म सयभन्दा बढी पराकम्पन गएको छ । विश्वले टर्की र सिरियामा राहत सामग्री पठाउन थालेका छन् ।

टर्की र सिरियामा गएको भूकम्पले दक्षिणपूर्वी प्रान्तको कहरामनमारास प्रान्तमा ठूलो क्षति पु-याए पनि यसको प्रभाव दमास्कसबाहेक लेबनानको राजधानी बेरुतमा पनि देखिएको छ ।  सन् १९९९ मा टर्कीमा यस्तै भूकम्प गएको थियो जसमा १८ हजार मानिसको मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com