न्युयोर्कमा मृत्यु भएको भन्दै अन्त्येष्टि गृहमा पठाइएकी महिलाले स्वास फेरेको पाइएपछि अस्पताल भर्ना


प्रकाशित मिति : माघ २३, २०७९ सोमबार

न्युयोर्कको लङ आइल्याण्डको अन्त्येष्टि गृहले शनिबार सास फेरिरहेकी ८२ वर्षीया जीवित महिलालाई प्राप्त गरेको थियो । उनी मरेको भन्दै अन्त्येष्टि गृहमा पठाइएपनि उनी जीवितै रहेको पाइएको थियो ।

ती महिलालाई पोर्ट जेफरसनको वाटर्स एज रिह्याब एण्ड नर्सिङ सेन्टरमा मृत घोषित गरिएको थियो र उनलाई मिलर प्लेसमा रहेको ओबी डेभिस फ्युनरल होममा लगिएको थियो। तर त्यहाँ उनले सास फेर्दै गरेको पत्ता लागेको थियो ।

त्यसपछि तत्काल ती महिलालाई स्थानीय अस्पतालमा लगिएको थियो । ती महिलाको परिचय भने खुलाइएको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने घटनालाई राज्यको एटोर्नी जनरलको कार्यालयमा पठाइएको छ।

ती महिलालाई शनिबार  बिहान ११:१५ बजे मृत घोषणा गरिएको थियो । त्यसपछि दिउँसो १:३० बजे अन्त्येष्टि गृहमा ल्याइएको थियो । तर दिउँसो २:०९ बजे महिलाले सास फेरिरहेको फेला परेको थियो ।

आयोवामा एक अस्पताल हेरचाह सुविधालाई यस्तै घटनामा १० हजार डलर जरिवाना गरिएको थियो । जब कर्मचारीहरूले जनवरी ३ मा ६६ वर्षीया महिलालाई गलत रूपमा मृत घोषित गरेको फेला पारेको थियो । त्यसको दुई घण्टापछि शव राख्ने झोलाभित्र ती महिला जीवितै भेटिएकी थिइन् ।

जब अन्त्येष्टि गृहका कर्मचारीहरूले शरीरको झोला खोले, तिनीहरूले ती महिला स्वास फेर्न तड्पिरहेको फेला पारेका थिए । उनलाई अन्ततः अस्पतालमा फर्काइयो जहाँ उनको दुई दिन पछि मृत्यु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com