टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२ सय नाघ्यो, अझै बढ्ने आकलन (तस्वीरहरु)


प्रकाशित मिति : माघ २३, २०७९ सोमबार

टर्की र सिरियाको सिमानामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । यसैबीच टर्कीमा केही समयअघि फेरि भूकम्पको धक्का महशुस भएको समाचार आइरहेका छन् । पछिल्ला परकम्पहरूको बारेमा थप जानकारी छैन। युएसजीएसका अनुसार दोस्रो भूकम्पको तीव्रता ७.५ मापन गरिएको छ ।

भूकम्पका कारण टर्कीमा मात्रै ९१२ जनाको ज्यान गएको र ५ हजार ३ सय ८३ जना घाइते भएको टर्कीका राष्ट्रपति रेसेप अर्देनले बताएका छन् । राहत र उद्धार कार्य जारी रहेको र मृतकको संख्या कति बढ्ने हो थाहा नभएको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स इन सिरियाका अनुसार सिरियामा मृत्यु हुनेको संख्या ३२० पुगेको छ ।

टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यसपछि टर्की सरकारले संकटकालको घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रका भवनहरूमा ठूलो क्षति पुगेको छ।

टर्कीमा उद्धार कार्य द्रुत गतिमा भइरहेको छ तर अधिकारीहरूले अझै धेरै मानिस भग्नावशेषमुनि पुरिएको हुन सक्ने आशंका गरेका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। युएसजीएसका अनुसार यस भूकम्पको म्याग्निच्युड ७ दशमलव ८ मापन गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com