टर्की र सिरियामा भूकम्पमा परी ५ सयभन्दा बढीको मृत्यु, तीन हजारभन्दा बढी घाइते


प्रकाशित मिति : माघ २३, २०७९ सोमबार

टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यसपछि टर्की सरकारले संकटकालको घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रका भवनहरूमा ठूलो क्षति पुगेको बीबीले जनाएको छ ।

टर्कीमा उद्धार कार्य द्रुत गतिमा भइरहेको छ तर अधिकारीहरूले अझै धेरै मानिस भग्नावशेषमुनि पुरिएको हुन सक्ने आशंका गरेका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। यूएसजीएसका अनुसार यस भूकम्पको म्याग्निच्युड ७ दशमलव ८ मापन गरिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयअनुसार बिहान ४.१७ बजे गएको थियो। त्यसको केही मिनेटपछि मध्य टर्कीमा दोस्रो भूकम्पको धक्का महसुस गरिएको थियो । टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रस, प्यालेस्टाइनलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

टर्कीका गृहमन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहरमा ठूलो प्रभाव पारेको बताए । यी सहरहरू काहमानमार्श, हाते, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिस हुन्। टर्की र यसको छिमेकी सिरियामा ५०० भन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टर्कीको मलात्या सहरका गभर्नरले भूकम्पका कारण अहिलेसम्म २३ जनाको मृत्यु भएको बताएका छन् । उनीहरूका अनुसार सहरमा ४२ जना घाइते भएका छन् भने करिब १४० भवनमा क्षति पुगेको छ । उस्मानी सहरका गभर्नरले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यससँगै सानलिउर्फामा १७ र दियारबाकिरमा ६ जनाको मृत्यु भएको समाचार छ ।

सिरियाको अलेप्पो, लताकिया, हामा र टार्टसमा भूकम्पका कारण ठूलो क्षति पुगेको समाचार छ । एलेप्पोमा ठूलो संख्यामा भवनहरू भत्किएको खबर पनि आएको छ । विद्रोहीको कब्जामा रहेका क्षेत्रमा कति क्षति भयो भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com