टर्कीमा शक्तिशाली भूकम्पमा परी १७ जनाको मृत्यु ,सरकारद्वारा संकटकाल घोषणा


प्रकाशित मिति : माघ २३, २०७९ सोमबार

दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी हालसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भूकम्पको गएको थोरै समय मात्रै भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ । भूकम्प गएको स्थान सिरियाको सीमा नजिकै रहेको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरूमा भएको थियो ।

साथै सीमा जोडिएका अन्य देशमा पनि भूकम्पको धक्का महसुस भएको विवरणहरू प्राप्त भएका छन् । भूकम्पबाट कैयौँ भवनहरू भत्किएको र ती भवनहरुमा कयौं मानिस फसेको हुनसक्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टर्कीका भूगर्वविदहरूले भने भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन् । उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो ।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो । सन् १९९९ मा टर्कीको उत्तर-पश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी १७,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com