इमर्सन कलेजका १९ बर्षका विद्यार्थी बोस्टन छात्रवासमा मृत फेला


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

इमर्सन कलेजका एक विद्यार्थी शुक्रबार बिहान बोस्टन डाउनटाउनको एक आवासीय हलमा मृत फेला परेको अधिकारीहरूले बताएका छन्।
घटनाका सम्बन्धमा बोस्टन पुलिसलाई बिहान १० बजे ८० बोयलस्टन स्ट्रीटमा बोलाइएको थियो।

मृतक विद्यार्थी इस्ट ओरेन्ज न्युजर्सीका १९ वर्षीय ब्रूक्स वाकर रहेको जनाइएको छ । वाकरको मृत्यु कसरी भयो भन्नेबारे केही उल्लेख गरिएको छैन । तर उनको मृत्युको वरिपरि संदिग्ध परिस्थितिहरूको कुनै संकेत छैन। अधिकारीहरूले परिवारको गोपनीयताको सम्मान गर्दै थप विवरणहरू सार्वजनिक गरेका छैनन् ।

वाकरले कलेजको एथलेटिक्स विभाग र बोस्टनमा रहेको स्टारबक्समा पनि काम गरेका थिए । वाकरको सम्मानमा क्याम्पसमा श्रद्धाञ्जली कार्यक्रम गरिने भएको छ । घटना विवरणहरू उपलब्ध हुने बित्तिकै सार्वजनिक गरिने जनाइएको छ ।

क्याम्पसमा मनोवैज्ञानिक सेवाहरू सहित सहयोग आवश्यक भएमा धेरै स्रोतहरू उपलब्ध रहेको क्याम्पसले जनाएको छ । क्याम्पसले मृतकका आफन्तहरुप्रति समवेदना पनि व्यक्त गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com