झण्डैले ठोक्किएनन् टेक्सासको एयरपोर्टमा उड्न र अवतरण गर्न लागेका २ विमान


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

Sotthwest Airlines airplane on sky

साउथवेस्ट एयरलाइन्सको विमान उडिरहेको बेला फेडेक्सको विमान अवतरण गर्न लाग्दा टेक्सासको अष्टिन एयरपोर्टमा दुईवटा विमान ठोक्किनबाट थोरैलेमात्र बचेको घटनाबारे अनुसन्धान सुरु भएको छ । शनिबार विहानको यो घटनापपछि अमेरिकी उड्डयन अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन्।

अस्टिन बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक नियन्त्रकहरूले फेडेक्स कार्गो विमानलाई अवतरण गर्न क्लियर गरिएको रनवेमा साउथवेष्टको यात्रुवाहक विमानलाई उडान गर्न खाली गर्दा यो घटना भएको हो । गल्ती पहिचान भएपछि फेडेक्स विमानले आफ्नो अवतरण रद्द गरेर उचाई लिएको थियो ।

बोइङ ७६७ कार्गो विमान स्थानीय समय अनुसार बिहान ६ बजेर ४० मिनेटमा अवतरणका लागि तयारी गर्दा विमानस्थलबाट निकै नजिक थियो । तर यो अवतरण हुनु अघि एक एयर ट्राफिक नियन्त्रकले साउथवेस्ट एयरलाइन्सद्वारा संचालित विमानलाई उडान भर्न अनुमति दिएपछि झण्डै दुर्घटना भएन ।

white and red passenger plane on airport during daytime

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेडेक्स विमानका पाइलटले अवतरण नगरी उचाई लिन सुरु गरेपछि ठूलो दुर्घटना हुनबाट बचेको संघीय उड्डयन प्रशासनले एक विज्ञप्तिमा बताएको छ । साउथवेष्ट विमान कुनै घटना बिना उडान गर्न सक्षम भएको थिषे । फेडेक्सको विमान पनि घटना पछि सुरक्षित रूपमा अवतरण भएको थियो ।

शनिबारको घटना न्यूयोर्कको जोन अफ केनेडी एयरपोर्टमा दुईवटा विमान एकैपटक उड्न खोज्दा ठूलो दुर्घटना हुनबाट बचेको घटनापछि भएको हो । डेल्टा एयरलाइन्सको उडानले टेकअफ सुरु गर्ने क्रममा अमेरिकन एयरलाइन्सको उडानले रनवे पार गरेको देखेपछि अचानक ब्रेक लगाउनुपरेको थियो ।

जोन अफ केनेडी विमानस्थलमा दोस्रो घटना जनवरी १५ मा भयो जब जेटब्लु उडानले विमान पार्क गर्ने क्रममा अर्को विमानलाई असर गरेको थियो । जेटब्लु उडान पार्क गरिएको खाली विमानसँग थोरै ठोक्किएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com