ब्राजिलमा राज्यशक्तिमाथि आक्रमण गरेको आरोपमा ६ सय ५० जनामाथि मुद्दा दायर
प्रकाशित मिति : माघ २२, २०७९ आईतबार
Demonstrators clash with riot police during a protest against the government of Dina Boluarte asking for her resignation and the closure of Congress, in Lima on January 24, 2023. – Peru’s President Dina Boluarte called for a “national truce” as thousands of protesters continue to call for her resignation and fresh elections, following weeks of protests that have at times turned violent, with at least 46 people killed in clashes between demonstrators and security forces. (Photo by ERNESTO BENAVIDES / AFP)
ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा राज्यका विभिन्न निकायमाथि आक्रमणमा संलग्न भएको अभियोगमा ६५३ जनाविरूछ मुद्दा दायर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
पूर्वराष्ट्रपति जायर बोल्सोनारोका १५२ जना अनुयायीको नयाँ समूहविरुद्ध कारबाही सुरु गरिएको कार्यालयले जनाएको छ । “उनीहरूलाई ब्रासिलियाको सेनाको मुख्यालय अगाडिको शिविरमा हिरासतमा राखिएको छ,” अभियोजकको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत अक्टोबरमा लुइज इनासियो लुला डा सिल्भा राष्ट्रपतिमा निर्वाचित भएपछि बोल्सोनारोका समर्थकले शिविर स्थापना गरेका थिए । उक्त समूहमाथि आपराधिक संलग्नता र संवैधानिक निकायविरुद्ध सशस्त्र बललाई उक्साएको आरोप लागेको छ ।
पक्राउ पर्नेमा राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा भएको आक्रमणको समयमा ब्रासिलियाको संघीय जिल्लाको सुरक्षा सचिवको रूपमा काम गरेका पूर्वन्यायमन्त्री एन्डरसन टोरेस पनि रहनुभएको छ ।






