‘स्पेसएक्स’ मार्चमा प्रक्षेपण गरिने


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि बढेमा अर्को महिना पहिलो पटक अन्तरीक्षमा प्रक्षेपण गरिने बताउनुभएको छ ।

नासाका अन्तरिक्षयात्रीलाई चन्द्रमामा उडाउने लक्ष्यका साथ गत वर्षदेखि स्पेसएक्सले आफ्नो नयाँ पुस्ताको ‘डिप स्पेस ट्रान्सपोर्टेसन सिस्टम’को महत्वपूर्ण प्रदर्शन उडान गर्न खोजिरहेको छ ।

“यदि बाँकी परीक्षणहरू राम्रोसँग सफल भएमा हामी अर्को महिना ‘स्टारशिप’ प्रक्षेपण गर्ने प्रयास गर्नेछौं,” मस्कले शनिबार स्टारशिपको बारेमा एक ट्वीटर प्रयोगकर्ताको प्रश्नको जवाफमा ट्वीट गर्नुभएको छ ।

मस्कले जनवरीमा प्रक्षेपणको तयारीबारे जानकारी दिँदै भन्नुभयो, “यथार्थमा फेब्रुअरीको अन्त्यमा स्टारशिप प्रक्षेपण गर्ने योजना रहेको सबै काम सोचेअनुसार भएमा प्रक्षेपण गर्ने प्रयास मार्चसम्ममा सफल हुने अत्यधिक सम्भावना देखिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कले जनवरी ७ मा ट्वीटर गर्दै स्पेसएक्सको उडान जनवरी ३१ सम्ममा हुनसक्ने बताउनुभएको थियो ।

स्पेसएक्सले चन्द्रमा र मङ्गल ग्रहमा मानिस र कार्गो बोक्नका लागि स्टारशिपको विकास गरिरहेको छ । “परीक्षण उडान स्टारबेसबाट गरीे एक पटक पृथ्वीको परिक्रमा गर्नेछ र त्यसपछि हवाईको टापू काउई नजिकबाट प्रशान्त महासागरमा खस्नेछ,” उहाँले भन्नुभयो ।

‘स्टारशिप’ अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रक्षेपण यान हुनेछ, जसले पृथ्वीको तल्लो कक्षमा १०० टन कार्गो बोक्न सक्नेछ । यो दुई–भाग प्रणालीको लागि सामूहिक नाम हो, जसमा चालक दल र कार्गो बोक्ने विशाल रकेट समावेश रहनेछ । रकेटले ‘स्टारशिप’लाई लगभग ६५ किलोमिटरको उचाईमा पु¥्याउनेछ र पृथ्वीमा फर्कनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com