एकतिहाई अमेरिकनलाई थाहा छैन उनीहरुका हजुरबा हजुरआमाको नाम


प्रकाशित मिति : माघ २१, २०७९ शनिबार

woman in black and white striped shirt hugging girl in black and white striped shirt

वंशावली वेबसाइट एन्सिस्ट्रीका अनुसार एक तिहाइ अमेरिकीहरूलाई बुबा वा आमातिरका आफ्ना सबै हजुरबा हजुरआमाको नाम थाहा छैन । यसले झण्डै १ सय मिलियन भन्दा बढी मानिसहरूलाई प्रतिनिधित्व गर्दछ।

एक सर्वेक्षणमा त जिजु हजुरआमाको नाम बताउन कसैले पनि सकेनन् । हामीमध्ये धेरैलाई हजुरबा वा जिजु हजुरबाको नाम थाहा भएपनि हजुरआमा वा जिजु हजुरआमाको नाम थाहा नहुनसक्छ । बुबातिरको थाहा भएपनि मावली तिरको थाहा नहुनसक्छ ।

यो आंकडा एन्सिस्ट्री कम्पनीले गरेको सर्वेक्षणबाट आएको हो जसले २ हजार अमेरिकी वयस्कहरूमाझ सर्वेक्षण गरेको थियो । उनीहरूलाई हजुरबा हजुरआमाको पहिलो नाम थाहा छ कि छैन भनेर सोधिएको थियो भने उनीहरूलाई सोंच्न र अरु कसैलाई सोध्न समय हुनेगरी हजुरबा हजुरआमाको बारेमा सोधिने कुनै संकेत दिइएको थिएन ।

आफ्नो वंशावलीबारे अहिलेको पुस्ताका धेरैलाई जानकारी नभएका कारण वा परिवारमा वंशावलीको उचित विवरण नराखिएका कारण उनीहरुलाई यसबारे थाहा नभएको हो । अझ जिवित नभएका हजुरबा हजुरआमाको वा जिजु हजुरबा हजुरआमाको नाम सम्झिन धेरैलाई गाहे हुने गरेको पाइएको छ ।

हिन्दु संस्कृतिमा नेपालमा सोह्र श्राद्धका बेलामा पुर्खाहरुको नाम लिने प्रचलन रहदै आएकोमा यो प्रचलनपनि विस्तारै हराउदै गएको छ । जसले गर्दा ५० बर्ष वा एकसयबर्षभित्र अस्तीत्वमा रहेका आफ्ना पुर्खाको नाम परिवारमा नै याद नहुने अवस्था आएको छ । अबको एकसयबर्षपछि तपाईका नातिनातिना वा पनाती पनातिनाहरुले तपाईको नाम याद गर्लान् ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com