आजदेखि अप्रिल २३ सम्मका सप्ताहन्तमा न्युयोर्कको म्यानहटनमा सेभेन ट्रेन बन्द


प्रकाशित मिति : माघ २१, २०७९ शनिबार

आजदेखि अप्रिल २३ सम्मका सप्ताहन्तमा न्युयोर्कको म्यानहटनमा सेभेन ट्रेन नचल्ने भएको छ । हडसन यार्ड र क्वीन्सबोरो प्लाजा बीच सेभेन ट्रेन सेवा नचल्ने जनाइएको छ ।

सेभेन ट्रेनमा भर पर्नेहरुका लागि अब सप्ताहन्तका लागि वैकल्पिक मार्ग रोज्नुपर्ने भएको छ । म्यानहट्टन भित्र र बाहिर लैजानेहरुले विकल्पमा अन्य ट्रेनहरु चढ्नुपर्नेछ ।

बन्द अप्रिल २३ सम्म हरेक सप्ताहन्तमा हुनेछ । अपाङ्गता भएका व्यक्तिहरूका लागि स्टेशनलाई थप पहुँचयोग्य बनाउनका लागि कर्मचारीहरूले क्वीन्सबोरो प्लाजामा लिफ्टहरू स्थापना गर्नका लागि सप्ताहन्तमा सेवा बन्द गरिएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com