यी हुन् अमेरिकाका सबै ५० राज्यका आधिकारिक फूल


प्रकाशित मिति : माघ २१, २०७९ शनिबार

अमेरिकामा राज्यका पहिचान देखाउने धेरै तरिकाहरू छन्। विभिन्न राज्यका उपनामदेखि फरक फरक झण्डाहरुमात्र होइन फूलहरु पनि फरक फरक छन् । अमेरिकामा अलाबामादेखि वायोमिङ र वाशिंगटन डीसीसम्मका ५० आधिकारिक राज्यका फरक फरक फूलहरू छन् ।

क्यामेलिया अलाबामाको आधिकारिक फूल हो। अल्पाइन फर्गेट मी नट अलास्काको आधिकारिक फूल हो। सागुआरो क्याक्टस ब्लोजम एरिजोनाको आधिकारिक फूल हो। एप्पल ब्लोजम अर्कान्सासको राज्य फूल हो।

क्यालिफोर्निया पोपी क्यालिफोर्नियाको राज्य फूल हो। कोलोराडो ब्लु कोलम्बाइन कोलोराडोको राज्य फूल हो। माउंटेन लॉरेल कनेक्टिकटको राज्य फूल हो। आरुको फूल डेलावेयरको राज्य फूल हो।

अमेरिकन ब्यूटी गुलाब वाशिंगटन डीसीको फूल हो। सुन्तलाको फूल फ्लोरिडाको राज्य फूल हो। चेरोकी गुलाब जर्जियाको राज्य फूल हो।

यलो हावाइयन हिबिस्कस हवाईको राज्य फूल हो। सिरिन्गा आइदायोको राज्य फूल हो। भायोलेट इलिनोयको राज्य फूल हो। पियोनी इन्डियानाको राज्य फूल हो। जंगली प्रेरी गुलाब आयोवा र नर्थ डाकोटाको राज्य फूल हो।

सूर्यमुखी कन्सासको राज्य फूल हो। केन्टकी र नेब्रास्काको राज्य फूल गोल्डेनरोड हो। यो सूर्यमुखी परिवारको एक हिस्सा हो । म्याग्नोलिया लुजियानाको राज्य फूल हो।

ह्वाइट पाइन कोन एण्ड ट्यासल मेनको राज्य फूल हो। ब्ल्याक आइड सुजन मेरील्याण्डको राज्य फूल हो। यो सूर्यमुखी परिवारको हो । मेफ्लावर म्यासाचुसेट्सको राज्य फूल हो।

स्याउको फूल मिशिगन र अर्कान्सास राज्यको फूल हो। पिंक एण्ड ह्वाइट लेडिज स्लीपर नामको फूल मिनेसोटाको राज्य फूल हो। मिनेसोटाको राज्य फूल एक दुर्लभ प्रकारको सुनगाभा हो ।

म्याग्नोलिया मिसिसिपीको राज्य फूल हो। हथर्न ब्लसम मिजौरीको राज्य फूल हो। यो सन् १९२३ मा मिसौरीको आधिकारिक राज्य फूल बनेको थियो। राज्यमा ७५ भन्दा बढी प्रजातिका फूलहरू छन्, जसले सानो, स्याउ जस्तो फल पनि उत्पादन गर्छ।

बिटररूट मोन्टानाको राज्य फूल हो। केन्टकी र नेब्रास्काको राज्य फूल गोल्डेनरोड हो। यो सूर्यमुखी परिवारको एक हिस्सा हो । सेजब्रश नेभाडाको आधिकारिक फूल हो । पर्पल लिलाक न्यू ह्याम्पशायरको राज्य फूल हो।

भायोलेट न्यु जर्सीको राज्य फूल हो। भायोलेटले इलिनोय, न्यू जर्सी, रोड आइल्याण्ड, विस्कन्सिनको प्रतिनिधित्व गर्दछ। युक्का फूल न्यू मेक्सिकोको राज्य फूल हो।

गुलाब न्यूयोर्कको राज्य फूल हो। प्रेमको प्रतीक गुलाब अमेरिकाको राष्ट्रिय फूल पनि हो । फ्लावरिंग डगवुड नर्थ क्यारोलिनाको राज्य फूल हो।

वाइल्ड प्रेरी गुलाब नर्थ डाकोटाको राज्य फूल हो। रेड कार्नेशन ओहायोको राज्य फूल हो। ओक्लाहोमा गुलाब ओक्लाहोमाको राज्य फूल हो। ओरेगन अंगुर ओरेगनको राज्य फूल हो। ओरेगन अंगूरको फल तीतो र टर्रो हुन्छ । जाम बनाउन प्रयोग गर्न सकिन्छ। माउन्टेन लॉरेल कनेक्टिकट र पेन्सिलभेनियाको राज्य फूल हो।

भायोलेट रोड आइल्याण्डको राज्य फूल हो। यलो जेसामिन साउथ क्यारोलिनाको राज्य फूल हो। पास्क फूल साउथ डकोटाको राज्य फूल हो।

आइरिस टेनेसीको राज्य फूल हो। टेनेसीले सन् १९३३ मा आइरिसलाई आफ्नो फूलको रूपमा तोकेको थियो। ब्लूबोनेट टेक्सासको राज्य फूल हो। सेगो लिली यूटाहको राज्य फूल हो। रेड क्लोभर भर्मन्टको राज्य फूल हो।

फ्लावरिंग डगवुड भर्जिनियाको राज्य फूल हो। प्यासिफिक गुराँश वाशिंगटनको राज्य फूल हो। गुराँश वेष्ट भर्जिनियाको राज्य फूल हो। उड भायोलेट विस्कॉन्सिन राज्य फूल हो। इन्डियन पेन्टब्रस वायोमिङको राज्य फूल हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com