अमेरिकाको चेतावनीपछि भारतीय औषधि कम्पनीले आँखामा राख्ने ड्रप फिर्ता लियो


प्रकाशित मिति : माघ २१, २०७९ शनिबार

यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले भारतमा बनेको आँखामा राख्ने ड्रपको प्रयोगको बारेमा चेतावनी दिएको छ। यो आँखाको औषधिलाई ब्याक्टेरिया फैलनुको कारण भनिएको छ ।

अमेरिकी एफडीएका अनुसार भारतीय कम्पनी ग्लोबल फार्मा हेल्थकेयरले यो आँखाको ड्रप उत्पादन गर्छ। यसको प्रयोगबाट संक्रमण, अन्धोपन र मृत्यु समेत हुने खतरा हुन्छ । यो आँखाको ड्रप विश्वमा फैलिएको ब्याक्टेरियाका लागि जिम्मेवार रहेको बताइएको छ जसले औषधि विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गरेको छ ।

कम्पनीले औषधि निर्माणमा अपनाउनु पर्ने मापदण्डलाई बेवास्ता गरेको एजेन्सीले जनाएको छ । युएसएफडीएको चेतावनीपछि चेन्नईस्थित कम्पनी ग्लोबल फार्माले बजारबाट औषधि फिर्ता लिने निर्णय गरेको छ ।

कम्पनीले यस विषयमा अनुसन्धान गर्न अमेरिकी सरकारका एजेन्सीहरूसँग पूर्ण सहयोग गरिरहेको जनाएको छ । यो आँखामा राख्ने ड्रपका कारण कम्तीमा ५५ जना बिरामीमा संक्रमण र अन्धोपनका केसहरू देखिएको अमेरिकी एफडीएले जनाएको छ । एक जनाको मृत्यु पनि भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com