अमेरिकाको आरोपपछि श्रीलंकाको समर्थनमा आयो चीन,आईएमएफलाई रकम उपलब्ध गराउन आग्रह


प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार

अमेरिकी उपसचिव भिक्टोरिया नुल्यान्डले श्रीलंकाको कमजोर आर्थिक अवस्थाबारे चीनलाई प्रश्न गरेकी छन् । उनले श्रीलंकालाई चीनले कुनै पनि प्रकारको ऋण सहुलियत नदिएको बताए ।

यससँगै उनले सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाताका रूपमा चीनले ऋणको पुनर्संरचनामा आईएमएफसँग मेल खाने विश्वसनीय र विशिष्ट आश्वासन दिने आशा व्यक्त गरे। यसपछि शुक्रबार चीनले आईएमएफलाई जतिसक्दो चाँडो ऋण उपलब्ध गराउन आग्रह गरेको छ ।  किनभने श्रीलंका विदेशी मुद्रा सञ्चितिको अभावसँग निरन्तर संघर्ष गरिरहेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले अमेरिकी आरोपमा चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकले श्रीलंकालाई ऋण स्थायित्वका लागि समर्थन जनाउँदै पत्र दिएको बताए । तर, उनले चीनले दिएको आश्वासनलाई आईएमएफले भरपर्दो र पर्याप्त ठानेनन् भन्ने विषयमा टिप्पणी गर्न अस्वीकार गरे।

के भन्यो  अमेरिका :

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका आईएमएफको सबैभन्दा ठूलो सदस्य हो। बुधबार उनले चीनले पर्याप्त सहयोग र आश्वासन नदिएकोमा आलोचना गरे। राजनीतिक मामिला मन्त्री भिक्टोरिया नुल्यान्डले कोलम्बोमा भने, ‘चीनले अहिलेसम्म जे प्रस्ताव गरेको छ त्यो पर्याप्त छैन। हामीलाई विश्वसनीय र विशिष्ट आश्वासन चाहिन्छ कि तिनीहरूले ऋण राहतको आईएमएफ मापदण्ड पूरा गर्नेछन्। मिडिया रिपोर्टका अनुसार आईएमएफलाई श्रीलंकाका लागि २.९ बिलियन अमेरिकी डलरको बेलआउट प्याकेज अनुमोदन गर्न चीनबाट थप आश्वासन चाहिन्छ।

चीनले अमेरिकालाई जवाफ :

एक प्रश्नको जवाफमा माओ निङले अमेरिकी पक्षले भनेको कुरा सत्यभन्दा फरक रहेको बताए । चीनले बिहीबार भने कि श्रीलंकासँग चीनको घनिष्ठ सहयोगमा औंला उठाउनुको सट्टा अमेरिकाले केही इमानदारी देखाउन सक्छ। श्रीलंकालाई समस्याबाट जोगाउन उनले साँच्चै केही गर्नुपर्छ।

बढ्दो मुद्रास्फीति र मन्दीपछि श्रीलंकाले गत सेप्टेम्बरमा आईएमएफसँग कर्मचारी स्तरको सम्झौता गरेको थियो। तर कोषको कार्यकारी बोर्डले बेलआउट प्याकेजको स्वीकृतिको लागि प्रमुख द्विपक्षीय ऋणदाताहरूबाट वित्तीय आश्वासन चाहिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com