अमेरिकाको आकाशमा घुमेको बेलुन आफ्नो भएको चीनबाट स्वीकार, हावाले धकेलेको दावी


प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार

अमेरिकी आकाशमा देखिएको बेलुन आफ्नो भएको स्वीकार गर्दै चीनले मौसम अनुसन्धानका लागि प्रयोग गरिएको दावी गरेको छ । अमेरिकाले यो बेलुक जासुसी भएको आशंका गरेको थियो। अमेरिकाको आकाशमा चीनको बेलुन देखिएपछि बेइजिङ र वाशिङटनबीचको तनावपूर्ण सम्बन्धलाई थप तनावपूर्ण बनाएको थियो ।

शुक्रबार ढिलो एक विज्ञप्तिमा, चिनियाँ विदेश मन्त्रालयले बेलुन मुख्यतया मौसम अनुसन्धानको लागि प्रयोग गरिएको बताएको छ । मन्त्रालयले बेलुनको सीमित स्टेयरिङ क्षमताहरू भएको र हावाको कारणले आफ्नो योजनाबद्ध मार्गबाट ​​टाढा गएको बताएको छ ।

अमेरिकी वायुक्षेत्रमा बेलुनको अनपेक्षित प्रवेशप्रति चीनले दुख प्रकट गरेको छ । चीनले वक्तव्यमा कसैको नियन्त्रणभन्दा बाहिरका घटनाहरूलाई सन्दर्भ गर्न प्रयोग गरिने कानुनी शब्दलाई उद्धृत गरेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अमेरिकी रक्षा मन्त्रालयले बुधबार मोन्टानामा गोली हानेर खसाल्ने विचार गरेपनि त्यसबाट जमिनमा रहेका व्यक्तिलाई क्षति हुनसक्ने र बेलुन संवेदनशील क्षेत्रको माथी रहेकाले खसाल्ने निर्णय नगरेको जनाइएको छ। यो बेलुन धेरै दिनदेखि देखा परेको र अमेरिकी सेनाले छानबिन गरिएको पेन्टागनले बिहीबार बताएको थियो ।

फिलिपिन्स भ्रमणमा रहेका रक्षामन्त्री लोयड अस्टिनले बुधवार यस विषयमा छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूको बैठक बोलाएका थिए । पेन्टागनले धेरै दिनदेखि बेलुनलाई ट्र्याक गरिरहेको छ । बेलुन अमेरिकाको उत्तरी आकाशमा रहेको छ ।

बेलुन हाल व्यावसायिक हवाई ट्राफिक भन्दा माथिको उचाइमा यात्रा गरिरहेको जनाइएको छ । जमीनमा मानिसहरूलाई सैन्य वा भौतिक खतरा नभएको जनाइएको छ । बेलुनले कुनै सैन्य खतरा समेत नभएको जनाइएको छ । तर खसालेको खण्डमा के हुन्छ भन्नेबारे केही बताइएको छैन ।

यसबारेमा अमेरिकी सरकारले वासिङ्टनस्थित चिनियाँ दूतावास र चीनस्थित अमेरिकी कूटनीतिक नियोगमार्फत चिनियाँ सरकारसँग कुराकानी गरेको अधिकारीले बताएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आगामी दिनहरूमा बेइजिङको यात्रा गर्ने अपेक्षा गरिएको बेलामा यो समाचार आएको हो । यो महत्त्वपूर्ण यात्रा राष्ट्रपति जो बाइडेनले गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछिको श्रृंखला हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com