प्रधानमन्त्री कार्यकालको सय दिन पूरा ,राजनीतिमा निष्ठा फर्काउने ऋषि सुनकको वाचा


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बिहीबार आफ्नो कार्यकालको १०० दिन पूरा गर्नुभएको छ । उहाँले आफ्नो बायाँतिर आक्रोशित युनियन, दायाँतिर कन्जरभेटिभ पार्टीका सांसद र बीचमा लाखौं मतदातालाई चुनावी हार टार्नका लागि जिताउनुपर्ने बताउनुभएको छ ।

सुनकका लागि यो एक कठिन स्थिति हो । उहाँको पूर्ववर्ती लिज ट्रसकोभन्दा दोब्बर भन्दा बढी दिन हो । ट्रसको कर कटौतीको योजनाले आतङ्क मच्चाएपछि कन्जरभेटिभ नेताका रूपमा स्थापित ४२ वर्षीय सुनकले अक्टोबर २५ मा प्रधानमन्त्री पद सम्हाल्नुभएको थियो । उहाँको आगमनले वित्तीय बजारलाई शान्त पार्नुका साथै खतरनाक आर्थिक मन्दीबाट जोगाएको छ ।

अर्को, दुई शताब्दीका लागि बेलायतका सबैभन्दा कान्छो नेता र दक्षिण एसियाली विरासतका पहिलो प्रधानमन्त्रीले बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्ने, सुस्त अर्थतन्त्रलाई वृद्धि गर्ने, अत्यधिक बोझले थिचिएको स्वास्थ्य सेवा प्रणालीमाथिको दबाब कम गर्ने र पूर्व प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वमा वर्षौंको घोटालापछि ‘निष्ठालाई राजनीतिमा फर्काउने’ वाचा गर्नुभएको छ ।

सुनकले यसै साता स्वास्थ्यकर्मीको एक समूहलाई भन्नुभएको थियो, “म प्रधानमन्त्री हुनुभन्दा पहिले जे भएको थियो, त्यसमा म केही गर्न सक्दिनँ । “मलाई के लाग्छ भने तपाईंले मलाई मेरो निगरानीमा उत्पन्न हुने कुराहरूको सामना कसरी गर्छु भन्नेमा केन्द्रित हुन जरूरी छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्स्टिच्युट फर गभर्नमेन्ट थिंक ट्यांककी वरिष्ठ सदस्य जिल रुटरले बेलायतमा ‘पूर्णतया भद्रगोल सरकार छ’ भन्ने धारणा हटाउन सुनक सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले ठोस उपलब्धिहरू देख्न अलि गाह्रो छ ।”

सुनक बेलायतका पूर्व ट्रेजरी प्रमुख हुनुहुन्छ । उहाँको उच्च प्राथमिकता देशको आर्थिक अस्वस्थता रहेको छ । यहाँको कुल गार्हस्थ्य उत्पादन कोरोना भाइरस महामारी अघिको तुलनामा न्यून रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले यसै हप्ता अनुमान गरेअनुसार बेलायत यस वर्ष आर्थिक सङ्कुचन हुने एक मात्र प्रमुख अर्थव्यवस्था हुनेछ । बेलायतले यो बर्ष ०।६ प्रतिशतको आर्थिक सङ्कुचन व्यहोर्ने प्रक्षेपण अर्थशास्त्रीहरूले बताएका छन् ।एपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com