आत्मदाह गरेका प्रेम आचार्यका नाममा गोफण्डमीमा दर्जन अभियान, २५ हजार डलरभन्दा बढी संकलन


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको परिवारलाई सघाउन भन्दै गोफण्डमीमा झण्डै एकदर्जन अभियानहरु संचालन गरिएका छन्, जसमा अहिलेसम्म २४ हजार ६५८ अर्थात् ३३ लाख नेपाली रुपैयाभन्दा धेरै संकलन भएको छ । यस्ता अभियानहरु अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशमा बस्ने नेपालीहरुले खोलेका हुन् ।

सबैभन्दा धेरै अमेरिका निवासी सुरेश दर्पण पोखरेलले सुरु गरेको अभियानमा १३, ७३२ डलर सकंलन भएको छ । त्यसपछि अष्ट्रेलिया निवासी दिपिका जमकट्टेलले सुरु गरेको अभियानमा ६ हजार ८ सय ९२ अष्ट्रेलियन डलर सकंलन भएको छ । क्यानडा निवासी बेनुप भट्टराईले सुरु गरेको अभियानमा १५७३ क्यानेडियन डलर संकलन भएको छ ।

त्यस्तै क्यानडा निवासी सविन धमलाले सुरु गरेको गोफण्डमीमा ८५५ क्यानेडियन डलर, नेस्को नर्वेले सुरु गरेको अभियानमा ११ सय क्रोना, अमेरिकाको ओहायो निवासी किशोर सिवाकोटीले सुरु गरेको अभियानमा ६३९ डलर, क्यालिफोर्नियाका प्रेमप्रसाद आचार्यले सुरु गरेको अभियानमा १३७९ डलर, न्युयोर्कका निसाप गुरुङले सुरु गरेको अभियानमा २५० डलर, अष्ट्रेलिया निवासी हिमानी पराजुलीले सुरु गरेको अभियानमा २३८ डलर संकलन भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला इलामका प्रेम आचार्यले संसद भवन नजिकै आफ्नो शरिरमा आगो लगाएका थिए । त्यसपछि उनको उपचारका क्रममा निधन भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com