अझै भेटिएनन् अमेरिकाको लुजियानाको चिडियाखानाबाट बोरामा चोरिएका १२ वटा बाँदर


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

लुजियानाको चिडियाखाना जुसियानाबाट शनिबार मध्यरातमा चोरी भएका १२ गिलहरी बाँदर पाँच दिनसम्म पनि भेटिएका छैनन् । चिडियाखानामा प्रवेश गर्ने व्यक्तिले पहिले अर्को मार्मोसेट प्रजातीको सानो बाँदरको बासस्थानमा पहुँच प्राप्त गर्ने प्रयास गरेपनि असफल भएको जनाइएको छ ।

त्यसपछि चोरले गिलहरी बाँदरहरू सुत्ने मुख्य घरमा पसेको जनाइएको छ । त्यहाँ ३८ वटा बाँदरहरू रहेकोमा १२ वटाको चोरी भएको थियो ।
चोरले तार काट्ने, ताला तोड्ने र घेरा भत्काउने औजार समेत ल्याएको थियो ।

बाँदरहरूलाई बोरामा हालेर लगिएको देखिएको छ । किनभने घटनास्थलमा एउटा त्यस्तै बोरा समेत भेटिएको थियो । चिडियाखानाले बाँदरहरूबारे चिन्तित भएको जनाएको छ । किनभने तिनीहरू जंगली जनावरहरू भएको र विशेष आहारमा रहेका थिए ।

मानिसहरूले बाँदरहरू केरा खाएरमात्र बाँच्न सक्छन् भन्ने सोंचेपनि तर केरा खाएरमात्र उनीहरु बाँच्न नसक्ने चिडियाखानाले जनाएको छ । चोरी जनावरहरूका लागि तनावपूर्ण रहेको र यस प्रकारको तनावको स्तरले उनीहरू मर्न सक्ने जनाइएको छ ।

बाँकी गिलहरी बाँदरहरूको चिडियाखानाको पशुचिकित्सक र पशु हेरचाह टोलीले स्वास्थ्य जाँच गरेका थिए । तिनीहरूको स्वास्थ्यलाई असर गर्ने कुनै स्पष्ट समस्याहरू छैनन् । चोरीको घटनापछि बाँकी बाँदरहरू आफूहरु बस्ने घरमा जान डराएका थिए ।

चिडियाखानाले बाँदरहरू फिर्ता हुने आशा राखेको छ । यसैबीच, चिडियाखानामा सुरक्षा पनि बढाइएको छ । चिडियाखाना आइतबार बन्द गरिएको थियो ।

टेक्सासको चिडियाखानाबाट दुई तामारिन बाँदरहरू चोरी भएको केहीदिनपछि यो घटना भएको हो । प्रहरीले डलासबाट हराएका बाँदरहरूलाई मंगलबार सुरक्षित फेला पारेको थियो। कोही पक्राउ परेका छैनन् र अनुसन्धान जारी छ। अहिले सम्म टेक्सास र लुजियानाको चोरी सम्बन्धित भए नभएको केही खुलेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com