अमेरिकामाथि चिनियाँ जासुसी बेलुन घुमिरहेको पेन्टागनको दावी, के सैन्य खतरा छ ?


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

अमेरिकामाथि एक चिनियाँ जासुसी बेलुन धेरै दिनदेखि देखा परेको र अमेरिकी सेनाले छानबिन गरिएको पेन्टागनले बिहीबार बताएको छ । रक्षा मन्त्रालयले बुधबार मोन्टानामा गोली हानेर खसाल्ने विचार गरेपनि भग्नावशेषमा के हुन सक्छ भन्ने चिन्ताले त्यसो नगर्ने निर्णय गरेको जनाइएको छ।

फिलिपिन्स भ्रमणमा रहेका रक्षामन्त्री लोयड अस्टिनले बुधवार यस विषयमा छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूको बैठक बोलाएका थिए । पेन्टागनले धेरै दिनदेखि बेलुनलाई ट्र्याक गरिरहेको छ । बेलुन अमेरिकाको उत्तरी आकाशमा रहेको जनाइएको छ ।

बेलुन हाल व्यावसायिक हवाई ट्राफिक भन्दा माथिको उचाइमा यात्रा गरिरहेको जनाइएको छ । जमीनमा मानिसहरूलाई सैन्य वा भौतिक खतरा नभएको जनाइएको छ । बेलुनले कुनै सैन्य खतरा समेत नभएको जनाइएको छ ।

बरिष्ठ रक्षा अधिकारीले यो उचाइमा रहेको जासुसी बेलुन चीनकै भएकोमा आफूहरु विश्वस्त रहेको बताएका छन् । यसबारेमा अमेरिकी सरकारले वासिङ्टनस्थित चिनियाँ दूतावास र चीनस्थित अमेरिकी कूटनीतिक नियोगमार्फत चिनियाँ सरकारसँग कुराकानी गरेको अधिकारीले बताएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आगामी दिनहरूमा बेइजिङको यात्रा गर्ने अपेक्षा गरिएको बेलामा यो समाचार आएको हो । यो महत्त्वपूर्ण यात्रा राष्ट्रपति जो बाइडेनले गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछिको श्रृंखला हो ।

कभर तस्वीर सांकेतिकमात्र हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com