रायन एयरले शिशुको टिकट मागेपछि जब बेल्जियन दम्पत्तिले शिशु विमानस्थलमै छाडे


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

बेल्जियम जाने विमानले बच्चाको टिकट मागेपछि एक दम्पत्तिले बच्चालाई विमानस्थलको चेक इन डेस्कमा बच्चालाई अलपत्र छाडेर विमान चढ्न गएका छन् । उनीहरु बच्चाको लागि टिकट नकिनिकनै विमानस्थलमा आइपुगेपछि विमानको चेक इन काउन्टरमा बच्चाका लागि टिकट मागिएको थियो ।

पहिचान नखुलेका ती जोडी मंगलबार इजरायलको तेल अवीवको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेल्जियमको ब्रसेल्सका लागि रायनएयरको उडानमा शिशुलाई लिएर चेक इन गरिरहेका थिए। बच्चासँग टिकट नभएपछि बच्चालाई बच्चालाई एयरलाइन चेकइन काउन्टरमा छोडेर दम्पती विमान चढ्न गएका थिए ।

बेल्जियमको राहदानी भएका उनीहरुजोडी र शिशुको लागि शिशुको टिकट बिना टर्मिनल १ मा उडानको लागि आइपुगेका थिए । दम्पती पनि उडानको लागि चेक इन बन्द भइसकेपछि ढिलो आइपुगेका थिए । दम्पतीले बच्चालाई त्यही छाडेर उडानको लागि बोर्डिङ गेटमा पुग्ने प्रयासमा टर्मिनल १ मा सुरक्षा जाँचतर्फ दौडेका थिए ।

एयरपोर्टका कर्मचारीहरूले छाडेको शिशुलाई देखेपछि दम्पतीलाई पछ्याएका थिए । एयरपोर्ट सुरक्षा र पुलिसलाई सूचित गर्नु अघि दम्पत्तिलाई आफ्नो छोराको लागि फर्कन आग्रह गरिएको थियो ।

त्यसपछि चेक इन एजेन्टले एयरपोर्ट सेक्युरिटीलाई सम्पर्क गरेपछि ती यात्रुहरूलाई फिर्ता गरिएको थियो । पुलिस घटनास्थलमा आइपुग्दा मामिला सुल्झिएको थियो । बच्चा आमाबुवासँग रहेकाले थप अनुसन्धान नगरिएको प्रहरीले जनाएको छ । दम्पती र तिनीहरूको बच्चाले अन्ततः आफ्नो उडान गरेनन् ।

रायनएयरका अनुसार अनलाइन बुकिंग प्रक्रियामा शिशुहरूलाई उडान आरक्षणमा समावेश गर्न सकिन्छ।काखमा राखिने शिशुसँग यात्रा गर्दा शिशुका लागि २५ युरो शुल्क तिर्नुपर्छ । यदि वयस्कहरूले बच्चालाई कार सिटमा यात्रा गराउन चाहेमा छुट्टै व्यवस्थाद्वारा सिटको लागि भुक्तान गर्नुपर्छ।

एयरपोर्टका रायन एयरका प्रबन्धकले सबै कर्मचारीहरू स्तब्ध भएको र अहिलेसम्म यस्तो घटनाको सामना नगरेको बताएका छन् । आफूहरुले देखेको यो घटना विश्वास गर्न नसकेको उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com