चिडियाखानाका निर्देशकले नै चिडियाखानामा रहेका जनावर काटेर क्रिसमसमा भोज खाएको खुलासा


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

दक्षिणी मेक्सिकोको चिडियाखानाका तत्कालिन निर्देशकले चिडियाखानाका रहेका चारवटा पिग्मी बाख्रा काटेर क्रिसमसमा भोज गरेको खुलासा भएको छ । त्यहाँ एउटा मृगको मृत्यु भएपछि जनवरी १२ मा चिल्पान्सिङ्गो सहरको स्थानीय चिडियाखानाको निर्देशक रहेका जोसे रुबेन नाभालाई हटाइएको थियो ।

थप अनुसन्धानका क्रममा उनले चिडियाखानाको संग्रहमा रहेका केही जनावरहरू नाभाको आदेशमा बेचेको र खाएको फेला परेको छ । उनले जेब्रा र हरिण लगायतका जनावरको उचित हिसाबकिताब नगरी निजी व्यक्तिलाई बिक्री गरेको समेत बताएको छ ।

नाभालाई मुद्दामा औपचारिक रूपमा आरोप लगाइएको थियो वा थिएन भन्ने प्रष्ट छैन । साथै उनीसँग वकिल भए नभएको पनि खुलेको छैन ।

तर सबैभन्दा चकित पार्ने आरोप राज्य वातावरण विभागका वन्यजन्तु निर्देशक फर्नान्डो रुइज गुटेरेजले लगाएका थिए। उनका अनुशार नाभाले चिडियाखानाका चारवटा भाले पिग्मी बाख्रा मारेर वर्षको अन्त्यको भोजका लागि पकाएका थिए ।

यी चार जनावरहरूलाई मारेर चिडियाखानाको परिसरमा पकाइएको थियो । वर्षको अन्त्यको पार्टीमा खानाको रूपमा बाडिएको थियो । यसले खाने मानिसहरूको स्वास्थ्यलाई जोखिममा पार्ने समेत जनाइएको छ । किनभने यी जनावरहरू मानव उपभोगको लागि उपयुक्त थिएनन् ।

मेक्सिकोमा लामो समयदेखि निजी नागरिकहरूले अवैध रूपमा जंगली जनावरहरू खरिद गर्ने समस्या भएको छ। वर्षौंदेखि मेक्सिकोमा लागुऔषध तस्करहरूले सिंह, बाघ र अन्य जंगली जनावरहरूको निजी खोर समेत निर्माण गर्दै आइका छन् । तिनीहरू कहिलेकाहीं भाग्दा आतंक श्रृजना हुने गरेको छ ।

अगुआस्कालिएन्टेसको मध्य शहरमा सिंहले एक महिलालाई उनको घरको आँगनमा आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । सिंह नजिकैको घरमा रहेको खोरबाट भागेको थियो । महिलाको खुट्टा, खोपडी र फोक्सोमा चोट लागेको अवस्थामा अस्पताल भर्ना गरिएको थियो ।

सिंहले दुईवटा कुकुर र एउटा बिरालोलाई पनि आक्रमण गरेको थियो । यसलाई मंगलबार समातेर स्थानीय चिडियाखानामा पठाइएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com