‘रेडियोएक्टिभ क्याप्सुल’ भण्डारणका लागि पर्थ लगिँदै


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

फेला परेको ‘रेडियोएक्टिभ क्याप्सुल’ हाल न्यूम्यानबाट गाडीमा पर्थतर्फ पठाइएको पश्चिमी अस्ट्रेलिया (डब्ल्यूए) का अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेज (डीएफईएस) को नेतृत्वमा गरिएको खोजीपछि क्याप्सुललाई रेडिएसन–प्रुफ लिड कन्टेनरमा राखी पर्थतर्फ पठाइएको हो ।

अस्ट्रेलियन डिफेन्स फोर्स र अस्ट्रेलियन न्युक्लियर एन्ड साइन्स टेक्नोलोजी अर्गनाइजेसनका १४ जना कर्मचारीले क्याप्सुललाई सुरक्षा दिइरहेका बताइएको छ ।

डीएफईएसका अनुसार क्याप्सुललाई पर्थमा विभागको नियामक प्राधिकरण डब्ल्यूए हेल्थले भण्डारण गर्नेछ । त्यहाँ यसलाई सुरक्षित रूपमा भण्डारण गर्ने सुविधा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि खानी कम्पनी रियो टिन्टोले पिलबारा क्षेत्रमा रहेको गुडाई–दरी फलाम खानीबाट ढुवानी गर्दै गर्दा हराएको क्याप्सुल भेट्टाउन खोजीमा खटिएका अधिकारीप्रति सरकारले कृतज्ञता व्यक्त गरेको थियो ।

‘रियो टिन्टो आयरन ओर’का प्रमुख कार्यकारी सिमोन ट्रोटले भन्नुभयो, “क्याप्सुलको बरामदी खोजी टोलीको कौशल र दृढताको ठूलो प्रमाण हो । क्याप्सुल हराउनुहुँदैनथ्यो हरायो । तर फेला परेको छ यसैमा हामी खुशी हुनुपर्छ ।

उहाँले भन्नुभयो, “हामीले यो घटनालाई गम्भीरतापूर्वक लिइरहेका छौं यो कसरी भयो भन्नेबारे पूर्ण र गहन अनुसन्धान गरिरहेका छौं ।”

 

अष्ट्रेलियामा रेडियोएक्टिभ क्याप्सुल हरायो, विकिरणको त्रासले रेड अलर्ट जारी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com