अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन् । बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो । आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com