अमेरिकी सहयोग नियोग युएसएआइडीकी प्रमुख नेपाल आउँदै


प्रकाशित मिति : माघ १८, २०७९ बुधबार

अमेरिकी सहयोग नियोग (युएसएआइडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल भ्रमणमा आउँदै छन् । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको युएसएआइडीको मुख्य अधिकारीको भ्रमणले विशेष महत्व बोकेको छ ।

युएसएआइडीले प्रकाशित गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल भ्रमणका क्रममा पावरले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रमुख प्रशासक पावरले नेपालको प्रजातान्त्रिक अभ्यास, समृद्धि, समावेशीलगायत विषयमा छलफल गर्ने जनाइएको छ ।

उनले भ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्ने छन् । नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशीता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायतका विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएआइडीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत मे महिनामा युएसएआइडी र नेपाल सरकारले आगामी पाँच वर्षका लागि ६५ करोड ९० लाख डलरको अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सहयोग नेपाललाई अतिकम विकसित देशबाट मध्यमस्तरको विकासशील देशको स्तरोन्नतिका लागिसमेत खर्च गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको विकासमा युएसएआइडीले खेलेको भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ । अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com