क्रेडिट कार्ड र एप शुल्कहरू घटाउन कदम चाल्दै बाइडेन, उपभोक्ताको वार्षिक ९ बिलियन बचत हुने


प्रकाशित मिति : माघ १८, २०७९ बुधबार

white and blue magnetic card

ह्वाइट हाउसले बुधबार क्रेडिट कार्डको बिलम्ब शुल्क घटाउन र एप्पल तथा गुगलले मोबाइल एप स्टोरहरूमा चार्ज गर्ने शुल्क घटाउने नयाँ प्रयासहरू सार्वजनिक गरेको छ । यो कदम उपभोक्ता बजारमा प्रतिस्पर्धा प्रवर्द्धन गर्न ठूलो नीति अभियानको हिस्सा भएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति जो बाइडेनले संसदलाई लुकेको शुल्क र दण्डहरू प्रतिबन्ध गर्न आग्रह गर्ने तय गरिएको थियो । आफ्ना बालबालिकाका नजिकको सिटमा बस्नका लागि एयरलाइन्सले अतिरिक्त शुल्क लिने लगायतका कैयन यस्ता लुकेका शुल्कहरु हटाउने बाइडेन प्रशासनले पहल गरिरहेको छ ।

प्रतिनिधिसभामा नियन्त्रण कायम गरेका रिपब्लिकनहरुले मध्यम वर्गका करदाताहरूको खर्चमा धनीहरूलाई फाइदा हुने करका मापदण्डहरुको समर्थन गरेको भन्दै बाइडेनले आवाज उठाउँदै आएका छन् ।

आगामी हप्ताहरूमा राष्ट्रपतिको पुन चुनावको लागि उम्मेदबारी घोषणा गर्ने अपेक्षा गरिएको बाइडेनले खर्च कटौतीमा सम्झौता नभएसम्म अमेरिकी ऋण सीमामा वृद्धिलाई अनुमोदन गर्न अस्वीकार गरेकोमा पनि रिपब्लिकनहरूको आलोचना गर्दै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधवारको घोषणा बिडेन र हाउस स्पीकर केभिन म्याकार्थी बीचको निर्धारित बैठकसँग मेल खाएको छ । जुन ३१ दशमलव ४ ट्रिलियन ऋणको सिमा बढाउने लामो चालबाजीको सुरुवातका रुपमा हेरिएको छ ।

उपभोक्ता वित्तीय संरक्षण ब्यूरोले बुधवार अत्यधिक शुल्कहरू प्रतिबन्ध लगाउने नियम प्रस्ताव गर्नेछ भएको छ । जुन क्रेडिट कार्ड जारीकर्ताहरूले ढिलो भुक्तानीको लागि चार्ज गर्छन् । ब्यूरोको अनुमान अनुशार यसले उपभोक्ताहरूको वार्षिक १२ बिलियन डलर खर्च हुदै आएको छ ।

जब कसैको क्रेडिट कार्ड भुक्तानी छुटेको छ, उनीहरूले एक दिन वा दुई दिन ढिलो गरेमा वा केही घण्टामात्र ढिलो गरे तापनि उनीहरूलाई शुल्कको श्रृंखलाको मार पर्नसक्छ । यस्तो शुल्क ऋणदाताहरूले खर्च गरेको कुनै पनि अतिरिक्त लागत भन्दा धेरै छ।

नियमले सामान्य बिलम्ब शुल्क लगभग ३० डलरबाट घटाएर ८ डलरसम्म बनाउने अनुमान गरिएको छ, जसले उपभोक्ताहरूको वार्षिक ९ बिलियन डलर बचत गर्नेछ।

यो नियम कमेन्ट अवधि पछि २०२४ मा लागु हुने अपेक्षा गरिइको छ । यद्यपि नियमहरू प्रायः उद्योग समूहहरूद्वारा चुनौती र मुद्दाको अधीनमा हुने भएकाले लागु गर्नबाट रोक्न वा ढिलाइ गर्न पनि सक्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com