अन्तर्राष्ट्रिय हवाई यातायातमा विम्ब बनेको अन्तिम जम्बो जेटको कारुणिक बिदाई


प्रकाशित मिति : माघ १८, २०७९ बुधबार

The final Boeing 747 sits on the tarmac outside of the factory at a ceremony for delivery, Tuesday, Jan. 31, 2023, in Everett, Wash. Since it debuted in 1969, the 747 has served as a cargo plane, a commercial aircraft capable of carrying nearly 500 passengers, and the Air Force One presidential aircraft. (AP Photo/John Froschauer)

 

अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रुत उडानको विम्ब बनेको जम्बो जेट ७४७को विधिवत् बिदाई गरिएको छ । बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४ औँ जम्बो जेट ७४७ विमान वासिङ्टन राज्यको पुगेट साउण्ड क्षेत्रमा क्रेतालाई हस्तान्तरण गरेर बिदा गरेको हो । पचपन्न वर्षदेखि बोइङका विमान बनाउन खटेका हजारौँ कामदारले भावुक भएर जम्बो जेटलाई बिदा गरेको दृश्य कारुणिक थियो ।

भीमकाय भएपनि चित्ताकर्षक जम्बो जेटले २०२६ सालमा पहिलो सेवा प्रारम्भ गरेको थियो। मालबाहक विमानका रूपमा उडान भरेको जम्बो जेट पछि व्यावसायिक उडानमा उपयोग गरियो । पाँच सय यात्री बोक्ने क्षमताको विशाल विमान अमेरिकी अन्तरिक्ष अनुसन्धान तथा वायुयान प्रशासनका उपकरण बाहक मात्र बनेने अपितु अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान ‘एयरफोर्स वान’बनेर विश्व यात्रा ग¥यो । हवाई यात्रामा क्रान्ति ल्याएको जम्बो जेट अन्तर्राष्ट्रिय शहरहरूलाई जोड्ने भरपर्दो माध्यम बन्यो । त्यसअघि विश्वका प्रमुख शहरहरू सिधा हवाई सम्पर्कबाट कहिल्यै जोडिन पाएका थिएनन् ।

समयको प्रवाहसँगै अमेरिकी कम्पनी बोइङको सौता एयरबस युरोपमा जन्मियो । विगत १५ वर्षदेखि प्रमुख प्रतिद्वन्द्वी बनेको एयरबसले कम इन्धनमा लामो समय उडान भर्नसक्ने क्षमता भएका फराकिला यात्री विमान निर्माण गर्न थाल्यो । चार इञ्जिनयुक्त बोइङका ७४७ विमानभन्दा दुई वटा मात्र इञ्जिन भएका एयरबसका किफायती मात्र होइन अधिक लाभ दिने साबित भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मालबाहक विमान कम्पनी एटलास एयरलाई विमान हस्तान्तरण गर्न बोइङको विशाल कारखाना परिसरमा आयोजित कार्यक्रममा विश्वका विभिन्न भागमा खटिएका बोइङका उच्च अधिकारी, बोइङका ७४७ विमान उडाएका कलाकार एवम् विमान चालक जोन ट्रोभोल्टा सहभागी थिए । “विमानको व्यापार गर्नेले लाभहानीको हिसाब गर्नु स्वाभाविक हो, यस्तो क्षण पनि कुनै दिन आउने छ भन्ने आशङ्का पनि गरिएको हुनुपर्छ,” लामो समयदेखि नागरिक उड्डनको क्षेत्रमा काम गरेका रिचार्ड अबुलाफिया अब कसैले पनि चार इञ्जिन भएको विमान नचाहने वास्तविकता सुनाउँदै भन्नुभयो । बोइङको विरासत बलियो बनाउन जम्बो जेटले गरेको योगदान भने नमेटिने उहाँ बताउनुहुन्छ ।

बोइङले ठूलो सैन्य यातायात सम्झौता गुमाएपछि ७४७ विमान निर्माणको थालनी गरेको हो । कम इन्धन जलाएर लामो समयसम्म उडान गर्न सक्ने उच्च ‘बाइपास टर्बोफ्यान’ इञ्जिनयुक्त विकसित विमान बनाएर मुनाफा कमाउने योजनामा उक्त कम्पनी क्रियाशील थियो । झण्डै १६ महिनामा ५० हजार कामदारले क्षेत्रफलका हिसाबले विश्वको सबैभन्दा ठूलो कारखानामा कठोर परिश्रमका साथ पहिलो ७४७ विमान बनाएका थिए । विमान निर्माण गर्ने कारखानाको भौतिक संरचना पूर्णरूपमा पूरा नहुँदै उनीहरूले बनाएको विमानलाई ‘द इन्क्रेडिवल्स’ उपनाम दिएका थिए ।

आज जम्बो जेट हस्तान्तरण समारोहमा सरिक हुनुभएका ९२ वर्षीय देसी इभान्सले सन् १९५७ मा सियाटलको दक्षिणी भाग रेन्टनमा रहेको बोइङको कारखानामा काम सुरु गर्नुभएको थियो । कम्पनीमा ३८ वर्ष सेवा गर्नुभएका उहाँलाई सन् १९६७ मा बोइङका प्रमुख कार्यकारी अधिकृतले भोलि बिहानदेखि एभरेटमा ७४७ विमान बनाउन सहभागी हुन निर्देशन दिनुभएको सम्झना सुनाउनुभयो । काममा गएपछि आफूलाई त्यहाँका प्रमुखले रबरको जुत्ता, किटको बलियो टोपी र बाक्ला लुगा लगाउन सुझाएका बताउनुभयो । कारखाना निर्माणाधीन अवस्थाको उहाँको यो अनुभव थियो । पछि आफूलाई विमानको भित्री भाग कसरी स्थापना गरिन्छ, विभिन्न भागलाई ‘सिल’ गर्ने र रङरोगन गर्ने कामको निरीक्षण गर्ने जिम्मेवारी दिइएको जानकारी इभान्सले दिनुभयो ।

 (AP Photo/John Froschauer)

पहिलो ७४७ विमान तयार हुँदाको क्षणलाई अविश्वनीय समय मान्ने इभान्स अन्तिम विमान हस्तान्तरण भइरहँदा त्यसको अग्रभागमा हुनुहुन्थ्यो । ऐतिहासिक आजको क्षण अझ अविश्वनीय उहाँलाई लाग्यो । यद्यपि उहाँले निराश हुनुपर्ने कारण नभएको बताउँदै सबै हर्षित हुनुपर्नेमा जोड दिनुभयो । विमानको इन्धन राख्ने स्थान ६८.५ मिटर लामो थियो भने झण्डै छ तले भवनजत्तिकै अग्लो पृष्ठभाग थियो । ह्वेलमाछा झै विशाल यो विमानलाई आकाशकी रानी भनेर संसारले चिन्यो । केही विमान कम्पनीले यो विमानको एउटा भागलाई कक्टेल लाउञ्जमा परिणत गरेभने केहीले पियानो बार पनि बनाए । रमाइलो के छ भने सन् १९७६ मा सिङ्गापुर एयरलाइनसका लागिबनाइएको एउटा डिकमिसन ७४७ अहिले स्टकहोम विमानस्थल नजिक ३३ कोठे होटलमा परिणत भएको छ । यो संसारकै विशाल ‘वाइड बडी’विमान थियो । धेरैभन्दा धेरै यात्री बोक्ने क्षमताको यो विमान कुनै समय यात्राको सारसमेत बन्यो तर सन् ७० को दशकमा हवाई यात्राको नियमनसँगै पर्याप्त यात्री नहुँदा र टिकटको मूल्य घटाउनुपर्ने बाध्यात्मक परिस्थितिका कारण धेरै विमान कम्पनीका निम्ति यो क्रमशः सेतो हात्तीमा परिणत भयो ।

(AP Photo/John Froschauer)

सन् १९७० मा न्युयोर्क–लण्डन पहिलो उडान गरेको जम्बो जेटले त्यसको तीन विश्वव्यापी रूपमा उत्पन्न इन्धन सङ्कटका कारण थप समस्या झेल्नुप¥यो । इन्धन सङ्कटले निम्त्याएको मन्दीसँगै कुनै समय एक लाख आठ हजार कामदारबाट शुरु भएको बोइङले आफ्ना कर्मचारी ३८ हजार छ सय नब्बेमा सीमित ग¥यो । सन् ८० को उत्तराद्र्धमा परिष्कृत नयाँ मोडेल ७४७–४०० उत्पादन शुरु भयो । नब्बेको दशकको प्रारम्भमा एशियामा आएको आर्थिक वृद्धिले केही राहत भयो । कम खर्चमा यात्रा सहज भएपछि नयाँ विमान चढ्नेहरू पनि बढे । लसएन्जलस–हङकङ उडानबाट यात्रा गर्नुभएका विश्लेषक अब्दुलाफिया उक्त विमानले हवाई यात्रामा क्रान्ति ल्याएको मान्नुहुन्छ । त्यसअघि त्यति लामो दूरी विश्रामबिना एकै उडानबाट असम्भव थियो–अर्थात् इन्धन भर्न कहीँ रोकिनुपथ्र्यो । र, टिकटको मूल्य पनि मनासिब थियो ।

यात्रुबाहक उडानका निम्ति ७४७ विमान प्रयोग गर्ने अन्तिम एयरलाइन्स अमेरिकी विमान कम्पनी डेल्टा एयरलाइन्स बनेको छ । यद्यपि जर्मनीको लुफ्थान्सालगायत केही अन्तर्राष्ट्रिय विमान कम्पनीले यसलाई उडाइ रहेका छन् । लुफ्थान्साका प्रमुख कार्यकारी अधिकृत कास्र्टेन स्पोहर केही दशकअघि विद्यार्थीका रूपमा सोही विमान चढेर युवा एक्सचेञ्ज कार्यक्रममा सहभागी हुन अमेरिका पुग्नुभएको थियो । यसपटक पनि उहाँ ७४७ विमानबाटै हस्तान्तरण समारोहमा भाग लिन आउनुभएको हो । उहाँले धेरैभन्दा धेरै यात्रीलाई सोही विमानमार्फत सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हवाई जहाजको पर्याय नै बोइङ भएको उहाँको कथन छ ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com