‘दर्शककै मायाले बनाएको नामले अमेरिकाको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड पाएँ’ -अरुणिमा लम्साल


प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार

झण्डै ७ बर्षदेखि अमेरिकामा बस्दै आएकी कलाकार अरुणिमा लम्सालले आफ्नो अमेरिकी ग्रिनकार्डको जश नेपाली दर्शक र नेपाललाई दिएकी छिन् । उनले दर्शकको मयाकै कारण नाम बनाउन सफल भएकाले अमेरिकाको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड पाएको बताइन् ।

बिमलेश अधिकारीसँगको द बोल्ड टक वीथ बिममा कुराकानीका क्रममा लम्सालले कलाकारिता क्षेत्रमा काम गरिरहेको बेला एक्कासी सबै छाडेर अमेरिका आएपनि कामकै कारणले बनाएको नामले गर्दा अमेरिका आएकाले विगतको कामप्रति सधै सम्मान रहेको उनले बताइन् । उनले भनिन् -‘मेरो कामलाई धन्यवाद । दर्शकलाई धन्यवाद । मेरो देशलाई धन्यवाद । जहाँ बसेपनि जता गएपनि यो मन त मेरो नेपाली नै हो ।’

यद्यपी क्यामेरा र एक्सन कट शब्द अहिले पनि एकदमै मिस हुने उनले बताइन् । उनले भनिन् – ‘जीवनका विभिन्न चरणहरु हुन्छन् । म पनि तिनै चरणहरु पार गर्दै अगाडि बढिरहेकी छु । सबै कुरा स्वीकारेर अगाडि बढ्नुपर्छ । कुनै कुरामा अड्केर बस्ने कुरा भएन । त्यसैले म पनि सबै कुरा स्वीकारेर अगाडि बढिरहेकी छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झण्डै १२ बर्षको वैवाहिक सम्बन्धपछि अरुणिमा लम्सालले अमेरिका आएको झण्डै २ बर्षपछि सन् २०१७ मा डिभोर्स गरेकी थिइन् । उनी हाल ११ बर्षकी छोरी र बुबाआमासँग अमेरिकामा बस्दै आएकी छिन् । २ दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी उनले दर्जनबढी म्युजिक भिडियो समेत खेलेकी थिइन् ।

पहिलोपटक सन् २०१२ मा अमेरिका आएतापनि उनले नेपालबाटै एक्स्ट्राअर्डिनरी ग्रिनकार्डको प्रकृया गरेर २०१५ मा आप्रवासी भिसामा श्रीमान र छोरीसँग अमेरिका आएकी थिइन् । छोरी र बुबाआमासँग अमेरिकामा बस्न पाउनु आफ्ना लागि भगवानको आशिर्वाद भएको उनले बिमलेश अधिकारीसँगको कुराकानीमा बताइन् ।

अरुणिमा नेपाली कलाकार बिमलेश अधिकारीको युट्युब शो द बोल्ड टक वीथ बिमको दोश्रो भागमा कुराकानी गर्दै थिइन् । उक्त भाग मंगलबार रिलिज गरिएको छ । कार्यक्रम र्संचालक बिमलेश अधिकारी पनि नेपालका चर्चित कलाकार हुन् । उनले झण्डै साढे २ सय म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com